रामेछाप । असार २ गते,
रामेछाप सदरमुकाम मन्थलीमा ५ दिने आधारभूत पत्रकारिता तालिमको शनिबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलको अध्यक्षता र सूचना आयोगका महानिर्देशक बालकृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेपाल सरकार सञ्चार तथा युवा प्रविधि मन्त्रालय सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेले पत्रकारहरुले लेख्दा र बोल्दा सजग हुनुपर्ने बताए । पत्रकारहरुले संप्रेसन गर्ने खबरले धेरै प्रभाव पर्ने भएकाले लेख्नु र बोल्नुभन्दा अगाढि सजग हुनुपर्ने उनको भनाई छ । पत्रकारहरु अब खोज पत्रकारिता र विकास पत्रकारिता तर्फ लाग्नुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा बोल्दै रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले पत्रकारिता पेशा निकै चुनौती र सम्भावनाको पेशा भएको बताए । उनले ५ दिने तालिमबाट सिकेका कुराहरुलाई आफ्नो ठाउँमा गएर प्रयोग गर्न सहभागिहरुलाई आग्रह गरे । समग्र मुलुकको विकासमा पत्रकाहरुको ठुलो भूमिका हुने भन्दै संचार कर्मी र माध्ययमले सकरात्मक सोचका साथ जनतामा समाचार संप्रेशन गर्नुपर्ने उनको भनाई छ । रुपमा जिल्ला समन्वय अधिकारी राजेन्द्र केसीले पत्रकार राज्यको चौथो अंग भएकाले यो चुनौतीको पेशा रहेको बताए । 
उनले पत्रकारहरुको क्षेमताको विकास गर्न पत्रकारहरुका लागि धेरै भन्दा धेरै तालिमहरुको आवशयकता रहेको बताए । तालिम नेपाल सरकार सञ्चार तथा युवा प्रविधि मन्त्रालय सूचना विभागको आयोजना, एकीकृत समाज विकास नेपालको सहआयोजना र नेपाल पत्रकार महासंघ रामेछापको संयोजनमा भएको हो । तालिमका सहभागिहरुले आफुहरुका लागि ५ दिने आधारभूत पत्रकारिता तालिम निकै महत्वपुर्ण रहेको बताए । उनीहरुले तालिममा सिकेका कुुराहरुलाई प्रयोगमा ल्याउने समेत प्रतिवद्धता जनाए । जेठ २९ गतेबाट संचालन भएको तालिममा रामेछाप जिल्लाका विभिन्न संचार माध्ययममा आवद्ध र पत्रकारितामा रुचि राख्ने ३२ जना भन्दा बढिको सहभागिता रहेको छ ।
रामेछापको मन्थलीमा पाँच दिने आधारभूत पत्रकारिता तालिम
- प्रकाशित मिति: शनिबार, असार २ २०७५
- तामाकोसी खबर