ओखलढुंगा । जेठ २४ गते,
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ मा जिप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुुनेमा सुनकोशी गाउँपालिका ५ का अन्दाजी ४० बर्षिय सिङ्गे तामाङ र सोही स्थानका ३५ बर्षीय कैलीमाया तामाङ रहेका छन् । बिहिबार मध्यान्ह काठमाण्डौबाट ओखलढुंगा आउदै गरेको ना १ ज ४९५० नम्बरको जिप भँडारे खोलामा र्दुघटनामा परेको ओखलढुंगा प्रहरी प्रमुख अनन्तराम शर्माले बताए ।
दुर्घटनामा परि अन्दाजी २० बर्षिय लोकेन्द्र तामाङ र २४ बर्षिय लाल बहादुर तामाङ गम्भिर घाईते भएका छन् । उनीहरुलार्ई उपचारका लागी आस्था मेडिकल हल घुर्मी उदयपरमा लगीएको छ । घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । दुर्घनाको कारण खुल्न सकेको छैन ।
ओखलढुंगामा जिप दुर्घटना , दुईको मृत्यु, दुई जना घाइते
- प्रकाशित मिति: बिहिबार, जेष्ठ २४ २०७५
- तामाकोसी खबर