सन्दीप क्यानेडियन लिगमा ४३ लाखमा अनुवन्धित (भिडियो सहित)

  • प्रकाशित मिति: सोमबार, जेष्ठ २१ २०७५
  • तामाकोसी खबर

काठमान्डौ, २१ जेष्ठ ।
नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यानेडियन लिग पनि खेल्ने भएका छन् । इण्डियन प्रिमियर लिग आईपीएलमा उत्कृष्ठ प्रदर्शन पश्चात नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यानेडियन लिगमा अनुबन्धित भएका हुन् ।

लेग स्पिनर सन्दीपलाई क्यानेडियन लिगका लागि मोन्ट्रेल टाइगर्स क्लबले अनुबन्ध गरेको हो । यससँगै उनले फेरि एकपटक विश्व क्रिकेटमा आफू उदाउँदो खेलाडी रहेको सन्देश फेरि एकपटक दिएका छन् ।
यस्तै यो प्रतियोगिताका लागि बोलकबोलमा खेलाडी कुन चरणमा क्लबले लियो भन्ने आधारमा पारिश्रमिक तय हुने ब्यवस्था छ । क्लबले उनलाई बोलकबोलको छैटौं चरणमा अनुबन्ध गरेपनि उनले कति पारिश्रमिक पाउने भन्ने कुरा आधिकारिक रुपमा बताइएको छैन ।



पहिलो चरणमै अनुबन्ध हुने खेलाडीलाई ९० हजार डलर पाउनेछन् । सन्दीपलाई छैटौ चरणमा क्लबले लिएको हो । छैटौ चरणमा अनुबन्ध हुने खेलाडीले ४० हजार डलर पाउने व्यवस्था छ । ४० हजार डलरको नेपालीमा ४३ लाख ४ हजार रुपैयाँ हुन आउछ ।

(भिडियो)