रामेछापको मन्थली हात्तिटार दुर्घटनाका गम्भिर घाईते सुवेदीलाई काठमाण्डौ लगियो

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १९ २०७५
  • तामाकोसी खबर

रामेछाप । जेठ १९ गते,
रामेछापको मन्थली नगरपालिका वडा नं ६ हात्तिटारमा बोलेरो दुर्घटना हुदा चालक गम्भिर घाईते भएका छन् । सेलेघाटबाट रामेछाप सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा १४ च ३७२३ नम्बरको कुखुरा बोक्ने निजि बोलेरो शनिबार बिहान दुर्घटना भएको हो ।
बोलेरो सडकबाट एक सय मिटर तल खस्दा चालक बारा जिल्लाको निजगढ नगरपालिका १४ का २४ बर्षिय सोहिम सुवेदी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिएको छ । सुवेदीलाई उपचारका लागि धुलिखेल अस्पताल लगिए पनि उपचार सम्भव नभएपछि काठमाण्डौको ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ ।