मन्थलीमा रिलायबल नेपाल लाइफ इन्सुरेन्सको अभिकर्ता तालिम

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १२ २०७५
  • तामाकोसी खबर

रामेछाप । जेठ १२ गते,
रिलायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय रामेछापको अभिकर्ता तालिम मन्थलीमा शनिबार सम्पन्न भएको छ । बिमा कम्पनी मार्फत प्रवाहा हुने सर्वाधिक जीवन विमा , अग्रीम भुक्तानी जीवन बिमा , उच्च शिक्षा जीवन बिमा , धनपती जीवन बिमा , म्यादी जीवन बिमा , लघु जीवन बिमा , बैदेशिक रोजगार म्यादी बिमा लगाएतका बिमा योजनाहरुको संचालन अवस्था र प्रक्रियाका बारेमा जानकारी गराइएको तालिममा रामेछापका २५ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । देशभर ४५ वटा शाखा रहेको यस बिमा कम्पनीको २ अर्ब २० करोड , जारी पुजी २ अर्ब र चुक्ता पुजी १ अर्ब ४० करोड रहेको कार्यक्रममा जानकारी गराएको थियो । तालिमको सहजिकरण रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडका क्षेत्रिय प्रमुख राजकुमार गिरीले गरेका थिए ।