रामेछाप । जेठ ९ गते,
रामेछाप जिल्लामा विद्यालय पुननिर्माणको कामलाई गति दिन नागरिक समाजले विभिन्न पैरवीका अभियान सञ्चालन गर्ने भएको छ । भूकम्पले क्षति पुर्याएका विद्यालयहरुको पुननिर्माणको कामलाई छिटो अघि बढाउन राज्यलाई सहयोग गर्ने गरि पैरवि अभियान सञ्चालन गर्न लागिएको हो ।मानवअधिकार संरक्षणसञ्जाल ः शिक्षा सञ्जाल रामेछापको सदमुकाम मन्थलीमा बुधबार भएको बैठकले सो निर्णय गरेको हो । युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र हुराडेक दोलखाको सहजिकरणमा सञ्चालनमा रहेको पारस्पारिक जवाफदेहीता परियोजनाको आयोजनामा सो बैठक आयोजना गरिएको हो ।
कार्यक्रममा पुननिर्माण प्राधिकरणको शिक्षा जिल्ला आयोजना इकाईका प्रमुख हेमन्त बुढाथोकीले रामेछाप जिल्लामा विद्यालय पुननिर्माणको क्रममा भएको प्रगतिको बारेमा जानकारी गराएका थिए । उनले जिल्लामा भूकम्पबाट ४ सय १९ वटा विद्यालयमा क्षति भएको जानकारी दिए । ती मध्ये ९६ विद्यालमा पुननिर्माणको प्रक्रिया नै सुरु नभएको उनले जानकारी दिए । बुढाथोकीले भारत सरकारको सहयोगमा निर्माण गर्ने सम्झौता भएका १० वटा भूकम्पले सबैभन्दा क्षति भएका विद्यालयका निर्माणको काम भने अझैसम्म पनि भारतिय दुताबासले सुरु नगरेको बताए । ती विद्यालयमा अन्य दातृ निकाय तथा नेपाल सरकारलाई पनि काम गर्न अनुमति नदिएको र भारतिय दुतावासले समेत काम अघि नबढाउँदा समस्या परेको उनले बताए ।
कार्यक्रममा हालसम्म ५ वटा विद्यालय निर्माण गरि विद्यालयहरुलाई भवन हस्तान्तरण गरि सकिएको बुढाथोकीले जनाकारी दिए । केही विद्यिालयहरु निर्माणको अन्तिम चरणमा पुगेका पनि उनले बताए पहिलो चरणमा शिफारिस भएका विद्यालय मध्ये १० वटाको काम नभए पनि अन्यको काममा धेरै प्रगति भएको उनले बताए । दोस्रो चरणमा शिफारिस भएका विद्यालयहरुको अन्तिम सर्भे भएको तर काम भने सुरु भै नसकेको उनले बताए । कार्यक्रममा सहभागि नागरीक अगुवाहरुले निर्माण सुरु नभएका र निर्माण सूरु भएर पनि कामले गति नलिएका विद्यालयको निर्माणको कामलाई अघि बढाउन राज्यका निकाय, नागरिक समाजा र सरोकारवाला सबै जिम्मेवार भएर लाग्नु पर्ने बताए । यसलका लागि नागरिकको पैरवी जरीर रहेको सहभागिको भनाई थियो । कार्यक्रम मानवअधिकार संरक्षण सञ्जाल ः जिल्ला स्तरीय शिक्षा सञ्जाल रामेछापका संयोक पाण्डव प्रसाईँको अध्यक्षतामा कार्यक्रम भएको हो ।