मन्थलीमा आयोजित श्रीमद् भागवत् महापुराण सप्ताहको आम्दामी खर्च सार्वजनिक

  • प्रकाशित मिति: सोमबार, बैशाख ३१ २०७५
  • तामाकोसी खबर

रामेछाप । बैशाख ३१ गते ,
शिवशक्ति कल्याणी केन्द्र, शाखा कार्यालय मन्थली रामेछापले आयोजना गरेको श्रीमद् भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ समारोह मुुल आयोजक समितिले वैशाख २० गते देखी २८ गतेसम्म आयोजना गरेको महायज्ञको आय व्याय विवरण सार्वजनिक गरेको छ ।
सोमबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन आयोजकले आम्दामी खर्चको बारेमा जानकारी गराएको हो । समितिका सचिव केशवप्रसाद घिमिरेले १४ लाख ७३ हजार १ सय २४ रुपैयाँको आम्दानी खर्चको विवरण प्रस्तुत गरेका थिए ।
महायज्ञमा सहयोग रकम १० लाख ३३ हजार ७ सय २ रुपैया , हवन सहयोग १ लाख ८७ हजार १ सय ३८ रुपैया , कलशबाट ११ लाख २ हजार ५ सय ८५ रुपैया, मताश्री चरण भेटी ५३ हजार ९ सय ६६ रुपैया , पुजा सामाग्री ७ हजार १ सय ३० गरि जम्मा रु १४ लाख ७३ हजार १ सय २४ रुपैयाँ आम्दानी भएको पत्रकार सम्मेलनमा जनाकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा दिएको जानकारी गराए अनुसार विभिद क्षेत्रमा ९ लाख ९ हजार ८ सय २५ रुपैया खर्च भै ४ लाख ८३ हजार २ सय ९९ रुपैयाँ बचत भएको छ । खर्च कटाएर बाँकी रहेको रकम यज्ञशाला निर्माण र वृद्धाआश्रमलाई प्रदान गरिने आयोजकले बताए ।
श्रीमद् भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ समारोह मुुल आयोजक समितिका संयोजक एवं मन्थली नगरपालिका उपप्रमुख माया कुमारी कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले धार्मिककार्यबाट वृद्धाआश्रमलाई सहयोग गर्नु राम्रो कार्य भएको बताए । कार्यक्रममा जिल्ला समन्वय समितीका सदस्य पूर्ण बहादुर महत, वडा अध्यक्ष नारायणदास श्रेष्ठ लगाएत समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।