रामेछापमा ४ गाउँपालिकालाई निशुल्क जग्गा ( कहाँ कसले दियो जग्गा हेर्नुहोस् )

  • प्रकाशित मिति: आइतबार, बैशाख ३० २०७५
  • तामाकोसी खबर

रामेछाप । वैशाख ३० गते,
रामेछापको दोरम्बा, सुनापति, उमाकुण्ड र गोकुलगंगाा गाउँपालिका स्थानीयले गाउँपालिको भौतिक संरचना निर्माणको लागि दुई सय रोपनि भन्दाबढी जग्गा निशुल्क दिएका छन् । दोरम्बा गाउँपालिकालाई टोकरपुरका स्थानीयले टोकरपुरका थामचौर र छहरामा ६० रोपनी जग्गा निशुल्क दान गरेको दोरम्बा गाउँपालिकाका प्रमुख कमानसिँह मोक्तानले बताए । यो मध्ये ३० रोपनी जग्गा थामचौर र ३० रोपनी छलहराका स्थानीयले दिएको उनले बताए । थामचौरको जग्गामा गाउँपालिकाको केन्द्रीय भवनको संरचना र छहरामा विषयगत कार्यालयहरुको भवन बनाउने तयारी गरिएको उनले बताए । गाउँपकिाको लागि अझै चाहिएको बेलामा १५ रोपनी जग्गा निशुल्क दिने भनि स्थानीयले कागज गरेर छाडेको उनले बताए ।
उता उमाकुण्ड गाउँपालिकाको नयाँ स्थानमा तोकिएको गाउँपालिकाको केन्द्रमा जग्गा अभाव भएपछि स्थानीयले धमाधम जग्गा दान गरि रहेका छन् । उमाकुण्ड गाउँपालिका—४ च्यादोलु प्रितिमा रहेको गाउँपालिकाको केन्द्रको लागि आवश्यक पर्ने जग्गा माध्ये २७ रोपनि जग्गा स्थानीयले पास गरेर निशुल्क दिएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । गाउँपालिकालाई भौतिक पुर्वाधार निर्माण गर्न कम्तिमा पनि ६० रोपनि जग्गा आबश्यक पर्ने सुनुवारले बताए । यसको लागि अन्य स्थानीय पनि जग्गा दिन तयार रहेको उनले बताए । कतिपयले बाबु बाजेको नामबाट जग्गा आप्mनो नाममा नामसारी नगरेको कारण प्रक्रिया पुरा गरी जग्गा लिनु पर्ने अवस्था रहेको उनले बताए । तर चाहीने जति जग्गा सबै स्थानीयले निशुल्क दिने प्रतिवद्धता आई सकेकोले सुनुवारले बताए ।

दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकालाई पनि स्थानीयले निशुल्क जग्गा दिएका छन् । गोकुलगँगा गाउँपालिकाको रस्नालु स्थिति भिमशेनस्थानमा हाललाई स्थानीयले गाउँपालिकाको पुर्वाधार निर्माणको लागि २० रोपनी जग्गा निशुल्क दिएको गाउाँपलिका अध्यक्ष खड्ग सुनुवारले बताए । बजार विस्तारको लागि भने गोकुलगंगाका अध्यक्षको भने अलिक बेग्ले सोच छ । स्थानीयहको जग्गालाई गाउँपालिकाले बजार विकासको लागि प्लानिङ गरिदिने र सो जग्गा उनीहरुलाई नै दिने योजना बनाएएको उनले बताए ।
जग्गा दान गर्ने दानवीरहरुमा सुनापती गाउँपालिकाको हिलेदेवीका स्थानीय पनि देखिएका छन् ।



हिलेदेवीको साँदिडाडामा रहेको सुनापति गाउँपालिकाको कार्यालयको भौतिकपुर्वाधार निर्माणको लागि स्थानीयले आप्mनो जग्गाधनिपूर्जा ल्याएर गाउँपालिकामा बुझाएका छन् । गाउँपालिकाले चाहेको बेला जग्गा पास गरेर दिने गरि पूर्जा ल्याएर गाउँपालिका अध्यक्षलाई बुझाएको स्थानीय बिबि तमाङले बताए । स्थानीय ३० जना जग्गा दाताहरुले ८२ रोपनि जग्गा गाउँपालिकालाई दिने गरि जग्गाधनि पूर्जा बुझाएको गाँपालिकाका अध्यक्ष धावा लामाले बताए । अब आवश्यक प्रक्रिया पुरा गरी सो जग्गा गाउँपालिकाले लिने उनले बताए । स्थानीयले अझै २० रोपनी जग्गा दिएर गाउँपालिकाको नाममा एक सय रोपनि जग्गा पुर्याइदिने प्रतिवद्धता जनाएका छन् । यसरि जग्गा दिनेमा ८ आनादेखि ५ रोपनिसम्म दिने छन् ।