रामेछाप उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वेपत्ता

  • प्रकाशित मिति: मंगलबार, बैशाख २५ २०७५
  • तामाकोसी खबर

रामेछाप । वैशाख २५ गते,
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ प्रीतीका वडा अध्यक्ष कुविर खत्री वेपत्ता भएका छन् । मंगलबार विहान ८ः३० बजे गाउँकार्यपालिकाको बैठकमा हिडेका खत्री बेपत्ता भएको गाउँपालिकाका प्रवक्ता रुद्रमणी नेवारले जानकारी दिए । गाउँपालिका सदस्यलाई वैठकमा जानु पर्छ भनि खबर गरी मोटरसाइकलमा हिडेका खत्रीको घर नजिकै लिखु खोलाको किनारमा मोटरसाइकल , कोट , जुत्ता र डायरी फेला परेको प्रवक्ता नेवारको भनाई छ ।
वडा अध्यक्ष खत्री अबेरसम्म वैठकमा नआएपछि उनलाई सम्पर्क गदा फोन नउठेको र घरपरिवारमा फोन गर्दा विहानै हिडेको जानकारी आएपछि उनको खोजी गरिएको थियो । वडा अध्यक्ष खत्रीले प्रयोग गरेको मोटरसाइकल , कोट , जुत्ता र डायरी भेटिएपछि अहिले उनको खोजी कार्य जारी रहेको उमाकुण्ड गाउँपालिकाका प्रवक्ता रुद्रमणी नेवारले जानकारी दिए ।