आइपिएलः दिल्लीको प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त, सन्दीप लामिछाने बेन्चमै सिमित

  • प्रकाशित मिति: आइतबार, बैशाख २३ २०७५
  • तामाकोसी खबर

२३ बैशाख, हैदराबाद – दिल्ली डेयरडेभिल्स इन्डियन प्रिमियर लिगको प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ । शनिबार सनराइजर्स हैदराबादले दिल्लीलाई ७ विकेटले पराजित गरेसँगै दिल्ली प्लेअफमा पुग्ने गणितिय सम्भावना मात्र कायम भएको हो । दिल्लीले प्रस्तुत गरेको १ सय ६४ रनको लक्ष्य हैदराबादले १ बल बाँकी छँदा प्राप्त गर्यो ।

दिल्लीका लागि नेपालका युवा स्पिनर सन्दीप लामिछाने फेरी एकपटक बेन्चमै सिमित रहे । फाट्टाफुट्ट साथिहरुलाई पानी पु¥याउने काम र फोटो खिच्नु बाहेक सन्दिप अरु भुमिकामा देख्न पाएन । ओपनरद्वय एलेक्स हेल्स र शिखर धवनले घरेलु टोलीलाई उत्कृष्ट सुरुवात दिलाए । हेल्सले ३१ बलमा समान ३-३ चौका र छक्कासहित ४५ रन जोडे । धवन ३० बलमा २ चौका र १ छक्कासहित ३३ रन बनाउँदै पेभेलियन फर्किए । दुई ओपनर मिलेर पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।



त्यसपछि कप्तान केन विलियमसन र मनिष पान्डेले टोलीलाई जिततर्फ डोर्याए । विलियमसनले नटआउट ३२ तथा मनिषले २१ रन जोड्दै पेभेलियन फर्किए । तेस्रो विकेटका लागि यी दुईले ४६ रनको साझेदारी गरेका थिए । युसुफ पठानले १२ बलमा २(२ चौका र छक्कासहित नटआउट २७ रन जोडेपछि हैदराबादको जित पक्का भएको थियो । दिल्लीका लागि अमित मिश्राले २ विकेट लिए ।

पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन जोडेको थियो । फर्ममा रहेका युवा ओपनर पृथ्वी सअले आक्रमक अर्धशतक बनाउने क्रममा ६५ रन जोडे । उनले ३६ बलको सामना गर्दै ६ चौका र ३ छक्का प्रहार गरेका थिए । कप्तान श्रेयस एेयरले ३६ बलमा ४२ रनको योगदान दिए ।

अन्त्यतिर विजय शंकरले १३ बलमा २३ रन जोडिजो स्कोर अगाडि बढेको थियो । ऋषभ पन्तले १४ रन जोडे भने गेलेन म्याक्सवेल २ ततानमन ओझा १ रनमा पेभेलियन फर्किए । हैदरावादका राशीद खानले २ तथा सिद्धार्थ कलले १ विकेट हात पारे ।

लिगको १० खेलमा ३ जित दर्ता गरेको दिल्ली प्लेअफमा पुग्न अन्य खेलको नतिजा पनि कुर्नुपर्ने भएको छ ‌। सनराइजर्स भने प्लेअफ नजिक पुगेको छ ।

यता चेन्नई सुपरकिंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले हराएको छ । १ सय २८ रनको लक्ष्य १८ ओभरमा ४ विकेट गुमाएर भेट्टाउन चेन्नईका अम्बाति रायुडुले ३२, सुरेश रैनाले २५, महेन्द्रसिंह धोनीले नट आउट ३१ रनको योगदान गरे ।

जीतसंगै चेन्नई अंक तालिकाको शिर्षस्थानमा उक्लिएको छ । चेन्नईले १० मध्ये ७ खेल जित्दै १४ अंक बनाएको छ । बेंग्लोर भने खेलेका ९ मध्ये ६ खेल हार्दै अंकतालिकाको छैठौं स्थानमा झरेको छ ।