रामेछाप नगरपालिकाको हिँउदे अधिवेशन एवं दोश्रो नगरसभा

  • प्रकाशित मिति: शुक्रबार, बैशाख २१ २०७५
  • तामाकोसी खबर

रामेछाप । वैशाख २१ गते,
कृषि पर्यटन सडक खानेपानी हाम्रो पुर्वधार रामेछाप नगर विकाशको दिगो आधार भन्ने मुल नाराका साथ रामेछाप नगरपालिकाको हिँउदे अधिवेशन एवम दोश्रो नगर सभा शुक्रबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिती रामेछापका सदस्य पुर्ण बहादुर महतको प्रमुख आतिथ्यता एवं रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं जिल्ला समन्वय समिती सदस्य महतले अबको दिनमा नगरपालिकाले आर्थिक अवस्थालाई सुधार गर्ने कार्यक्रम र योजनाहरु ल्याउनुपर्ने बताए ।
रामछाप नगरपालिकाको हिउँदे अधिवेशन एवं दोश्रो नगरसभा २०७४÷०७५ को प्रगति विवरण पेश गर्दैै रामेछाप नगरपालिकाका प्रमुख थापा मगरले ११ महिनाको अवधिमा जनप्रतिधिले गरेको कामको समिक्षा र अगामी दिनमा गनुपर्ने कामको लागि हिउँदे अधिवेशनले आफुहरुलाई मार्गदर्शन गर्ने बताए । नगरसभाबाट स्वीकृत भएका योजनाहरुमा नगरस्तरीय ७० वटा , वडा स्तरीय १ सय ९९ वटा सहित २ सय ६९ वटा योजनाहरु छनोट भएकोमा हालसम्म १ सय ४० वटा योजनाको उपभोक्ता समितीसँग सम्झौता भई सन्चालनको क्रममा रहेको र ४३ ओटा वडा स्तरीय योजना सम्पन्न भई ९७ वटा योजना कार्यन्वयनको चरणमा रहेको उनले बताए ।
दोश्रो चौमासिक सम्मको क्षेत्रगत आर्थिक प्रगती विवरण पेश गनुहुदै नगर प्रमुख मगरले स्वीकृत रकम ३७ करोड २६ लाख ३७ हजार र खर्च प्रगति १८ करोड ८२ लाख ७६ हजार ७ सय तिन रहेको समेत जानकारी गराए । कार्यक्रममा रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले नगरपालिकाले जनचाहना अनुसार नै आफनो काम कर्तव्य र अधिकारलाई अगाडि बढाइरहेको दाबि गरिन् । यसमा सबै नागरिक , विभिन्न राजनितीक दल सन्चारकर्मी सबैको भुमिका महत्वपुर्ण हुने उनको भनाई छ । कार्यक्रममा नेपाली कांग्रेस नगर समन्वय समितीका अध्यक्ष कमल विक्रम कार्की ,नेकपा एमाले नगर समितिका अध्यक्ष होतराज ढकाल,नेकपा माओवादि केन्द्रका नगर इन्चार्ज शिशिर खड्गीले बोलेका थिए ।