रामेछाप । बैशाख २१ गते,
रामेछापको मन्थली नगरपालिकाको नगर कार्यपालिका पदाधिकारीहरुको लागि स्थानीय सरकार सञ्चालन र वित्तिय सुशासनका नीति सम्बन्धिमा अभिमूखिकरण गोष्ठि शुक्रबारबाट मन्थलीमा सुरु भएको छ ।
नगर कार्यपालिकाका सदस्यहरुलाई स्थानीय सरकार सञ्चालन र वित्तिय सुशासनका नीतिको बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो । गोष्ठिमा कार्यपालिका अन्तर्गत मन्थली नगरपालिकाका १४ वटै वडाका वडाअध्यक्षहरु तथा कार्यपालिकाका अन्य सदस्हरु समेतको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले देश नयाँ संरचनामा गएकोले नयाँ कानुन, ऐन र नियमावलीको बारेमा सबैजना नयाँ भएकोले यस्ताखालका कार्यक्रम जरुरी रहेको बताए ।
कार्यक्रममा मन्थली नगरपालिकाकी उप्रमुख मायाँ कार्की लगायतले कार्यक्रमको उद्देश्य र औचित्यताको बारेमा प्रकाश पारेका थिए । मन्थली नगरपालिका र सान नेपालको अयोजनामा भएको कार्यक्रम ३ दिनसम्म चल्ने सान नेपालका अध्यक्ष उमंग मैनालीले जानकारी दिए ।