रामेछाप । वैशाख २१ गते,
राजधानी काठमाण्डौ र तराईबाट नजिकको दुरीमा रहेर पनि आर्थिक, सामाजिक र मानव संसाधन विकासकोे दृष्टिकोणले रामेछाप तुलनात्मक रुपमा पछि परेको जिल्ला हो । राजनीतिक रुपमा तीन लाल ( गंगालाल, पुस्पलाल र कृष्णलाल को जन्मभूमि)को जिल्ला भनेर चिनिने यस जिल्ला समग्र विकासका हिसावले ३ नं. प्रदेशका अन्य जिल्लाहरु सरह हुन सकिरहेको छैन । जिल्लाको सदरमुकाम रहेको यस मन्थली नगरपालिकाको केही वडा वाहेक अन्य वडाहरु विकास निर्माणका हिसावले धेरै पछि परेका छन् । १४ वडा रहेको नगरपालिकामा अझै पनि अशिक्षा, गरीबी, बेरोजगारीको समस्या छ । मन्थली नगरपालिका भित्रका धेरै वडाहरुमा खानेपानीको अभाव छ ।
जसका कारण मानिसहरु नदी र खोला किनारहरुमा बस्ती बसालीरहेका छन् । यसले गर्दा तामाकोशी किनार र अन्य खोला किनारहरुमा रहेका उत्पादन योग्य जमीनहरुमा धमाधम घरहरु निर्माण भैरहेका छन् । यसमा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत भविष्यमा जिल्लामा खाद्य संकट आउनसक्नेतर्फ सचेत हुन जरुरी छ । खेतीयेग्य जमीनमा बस्ती बसाल्ने कामलाई रोक्नु र खानेपानीको चरम अभावमा रहेका नागरिकहरुलाई खानेपानी पुर्याउनु मन्थली नगरपालिकाको प्रमुख चुनौतीका रुपमा आएको छ । नगर प्रमुख रमेश कुमार बस्नेतले निर्वार्चित भएर आएदेखीने विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमै भन्ने गरेका थिए । नगरपालिकाको पहिलो काम खेतीयोग्य जमीनमा मानव बस्ती बनाउन दिन्न , खोला तथा कोशी किनारका बस्तीहरुलाई कहि विकल्प खोजीनुपर्छ । अहिले नगरभित्रका यी तमाम समस्याहरुको समाधान गर्न नगर सभावाट केही नीतिहरु, केही कार्यक्रमहरु र केही योजनाहरु प्रक्षेपण गरेको छ । नगरपालिकाले अवलम्बन गरेको नीति योजना तथा कार्यक्रमहरु कार्यान्वयनको चरणमा रहेको नगरपालिकाको भनाई छ ।
मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतको संमृद्ध नगरपालिका बनाउने ९ वटा योजना ।
(१) वि.सं. २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्प र त्यस पछि गएका पराकम्पनहरुबाट नगरबासीका बासस्थानहरु क्षत विक्षत हुन पुगे, पुननिर्माणका क्रममा नगरवासीहरुलाई बासस्थानको पुननिर्माणका सामग्रीहरु परिबहन गर्न सहज होस भनी नगरका वस्तीसम्म सडकको ट्रयाक खोल्ने कार्यलाई नगरको प्रथम सभाले महत्व दिएको थियो । यस महत्वपूर्ण कामको परिणाम स्वरुप नगरपालिकामा पहुँच कम भएका सेवा ग्राहीहरु प्रत्यक्ष लाभान्वित भएका छन । चालु योजनाहरु तोकिएको गुणस्तर, परिमाण र समय सीमा भित्रै सम्पन्न गर्न नगरपालिका लागि परेको छ । नगरबासीहरु पुननिर्माणको काममा जुटेका छन् । उनीहरुलाई पुननिर्माणको काममा हातेमालो गर्न नगरपालिका सदैव क्रियाशील रहेको छ ।
(२) विशेष गरी नगर क्षेत्र भित्रको विधुतीकरण, रणनीतिक सडकको स्तरोन्नति, नगरपालिकाको कार्यालय भबन निर्माण, वडा कार्यालयहरुको भवन निर्माण र स्तरोन्नती, विद्यालयहरु तथा स्वस्थ्य केन्द्रहरुको पुर्वाधार सुधार गर्दै जनशक्ति विकास मार्फत शिक्षा स्वास्थ्य लगायतका नगरपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवाहरुलाई सेवाग्राही मैत्री बनाउँदै लगिएको छ । यस कुरामा नगरपालिका प्रतिबद्धताका साथ लागि परेको छ ।
(३) हामी निर्वा्चित भएर आएपछिका शूरुका दिनहरुमा पर्याप्त कानुन तथा नीति निर्देशनहरुको अभाव, जशक्तिको अभाव, खण्डिकृत तथ्याङकको अभाव र जनताका उर्लदा मागहरुको दबाव एवं उच्च राजनीतिक समन्वयको सीमितताका बाबजुद पनि अगाडि बढ्नुको विकल्प थिएन ।
(५) हामीले पारित गरेका नीति तथा कार्यक्रहरु र योजनाहरुको प्रभावकारीता मापन गरेर त्यसमा देखिएका कमिकमजोरीहरु हटाउँदै जानुपर्ने कुरामा स्पष्ट छौ ।
(६) भर्खरै सम्पन्न भएको दोस्रो नगर सभाले नगर प्रहरी नियमावली, स्थानीय राजपत्र प्रकाशन गर्ने सम्बन्धि कार्य्विधि, बजार अनुगमन निर्दे्शिका, पदाधिकारी आचार संहिता, शिक्षा ऐन,.स्वास्थ्य तथा सरसफाई ऐन, न्यायिक समितिको कारबाही र किनार गर्दा अपनाउनु पर्ने कार्य्बिधी सम्बन्धि ऐन, प्रशासकीय कार्य्बिधी नियमित गर्ने ऐन र कार्यपालिकाको निर्णय वा आदेश प्रमाणिकरण गर्ने सम्बन्धि ऐन पारित गरेको छ ।
(७) नगरसभाबाट पारित भएका उल्लेखित नियमावली, कार्य्बिधी, ऐनहरु स्थानीय राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछन ।
(८) स्थानीय सरकार सञ्चालन ऐनले निर्दि्ष्टि गरेका नीति नियमको परिधिभित्र रहेर स्थानीय स्तरमा भएका स्रोत र साधनको उच्चतम सदुपयोग गरी नगरबासीको आर्थिक संमृद्धिसंगै समुन्नत मन्थली नगरपालिका निर्माण गर्नका लागी नगरले तय गरेका नीति नियमलाई सबै पक्षबाट कार्यान्वयनमा सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु ।
(९) आगामी दिनहरुमा योजनाबद्ध, दिगो एवं समावेशी विकास गर्ने तर्फ हामी सचेत रहँदै नगरबासी प्रतिको असिम दायित्व बहन गर्न हामीसंग भएका ज्ञान, सीप, अनुभव र क्षमताको उच्चतम सदुपयोग गर्दै आधुनिक प्रविधि मैत्री वातावरणको व्यवस्थापमा हाम्रो ध्यान केन्द्रित हुनेछ ।