रामेछाप । वैशाख १२ गते,
बुधबार वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गएको ३ बर्ष पुरा भएको छ । भूकम्प गएको तीन बर्ष हुँदा पनि रामेछाप जिल्लामा पुननिर्माणको कामले गति लिन सकेको छैन ।
रामेछाप जिल्लामा हासम्म १३ हजार निजी आवास निर्माण भएको भूकम्प आपतकालिन सहायता केन्द्र जिल्ला आयोजना कार्यान्वयन इकाई रामेछापले जनाएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई रामेछापका सूचना व्यवस्थापन विज्ञ सुरेन्द्र यादवका अनुसार जिल्लामा २९ हजार २ सय ७४ घर दोस्रो किस्ताका लागि योग्य भएकोमा हालसम्म २९ हजार ३१ घरले दोस्रो किस्ताको रकम लिएका छन् । 
उनले ८ हजार घर तेस्रो किस्ताका योग्य भएकोमा ७ हजार ५ सय घरले तेस्रो किस्ता बुझेको जााकारी दिए । उनका अनुसार जिल्लामा हाल ३७ हजार भन्दा बढि निजि घरहरुमा पुननिर्माणको काम जारी रहेको छ । जिल्लाभरबाट १४ हजार ५ सय गुनासो परेकोमा ११ हजार ८ सय ४८ गुनासो जिल्लाबाट पठाइसकिएको र केन्द्रले छानविन गरिरहेको जिल्ला आयोजना कार्यान्वयन इकाई रामेछापले जनाएको छ ।
क्षति भएका मध्ये २ हजार १ सय ४९ घर मर्मत गर्नुपर्ने छ । यस मध्य २ सय १५ ले सम्झौता गरेको र २ सय १२ जनाले पहिलो किस्ता लिएर मर्मत कार्य थालेका छन् । रामेछापमा २०७२ साल वैशाखमा आएको महाभूकम्पका कारण ५० हजार भन्दा बढी घर क्षतीग्रस्त भएका छन् । जसमध्य ४३ हजार ३ सय ४० लाभग्राहीले सम्झौता गरी पहिलो किस्ता लिएका छन् । रामेछापमा घर बनाउन आवश्यक पानी र दक्ष जनशक्तिको अभावका कारण सोचे अनुरुप पुननिर्माणको कामले गति लिन नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई रामेछापले जनाएको छ ।
भूकम्प गएको तीन बर्षमा रामेछापमा १३ हजार घर बने
- प्रकाशित मिति: बुधबार, बैशाख १२ २०७५
- तामाकोसी खबर