रामेछापको मन्थलीमा आइएमई जनरल इन्स्योरेन्स शाखा

  • प्रकाशित मिति: सोमबार, बैशाख १० २०७५
  • तामाकोसी खबर

रामेछाप । वैशाख १० गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो शाखा संचालनमा ल्याएको छ । आइतबार मन्थलीमा एक कार्यक्रमका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त श्रेष्ठले शाखाको उद्घाटन गरेका छन् ।
मन्थलीमा संचालनमा आएको शाखा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ३४ औ शाखा हो । कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले छोटो समयमै आफ्नो शाख स्थापित गर्न सफल भएको बताए ।
उनले कम्पनीका लगानी कर्ता , संचालक समिति र सम्पुर्ण कर्मचरीहरुले ठुलो योगदान गरेको भन्दै धन्यवाद दिए । बिमा क्षेत्रले थप रोजगारी बढाउन योगदान गरेको भन्दै उनले आफुहरुको सेवालाई चुस्त , दुरुस्त र प्रभावकारी बनाउदै लैजाने बताए । कार्यक्रममा रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापा लगाएत स्थानीय व्यवसायीहरुले कम्पनीले मन्थलीमा शाखा स्थापना गर्नु शुखद् भएको बताए ।
उनीहरुले आगामी दिनमा कम्पनीले आफ्नो सेवा सुविधालाई प्रभावकारी बनाई सेवाग्राहीको मन जित्नुपर्नेमा जोड दिए । व्यवसायीहरुले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड संग व्यवसाय विस्तार गर्ने प्रतिवद्धता जनाएको आइएमई जनरल इन्स्योरेन्स लिमिटेड मन्थली शाखाका प्रमुख विपिन भट्राईले जानकारी दिए ।