सिन्धुली । बैशाख ६ गते,
एक साताअघि परेको चट्याङले क्षति र्पुयाएको सिन्धुलीको सिन्धुलीमाडीस्थित नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफरमर मर्मतको काम सुरु भएको छ ।प्राधिकरणले चट्याङ प्रतिरोधी ट्रान्सफरमर बनाउने उद्देश्यसहित मर्मत गर्न थालेको हो ।
विद्युत् सप्लाई गर्ने प्रविधिमा चट्याङले क्षति र्पुयाएपछि सिन्धुलीका सात गाउँपालिका र दुई नगरपालिकामा विद्युत् सेवा अबरुद्ध हुँदै आएको छ ।सिन्धुलीमाडीमा अत्यधिक चट्याङ पर्ने भएपछि प्राधिरणको सिन्धुली वितरण केन्द्रलाई चट्याङ प्रतिरोधी बनाउने उद्देश्यले बलियो एण्टी लाईटिङ सिस्टम, अर्थिङ जडानलगायतका काम भइरहेको जनाएको छ ।
सिन्धुली वितरण केन्द्रमा रहेको पुराना ट्रान्सफरमर, भोल्टेज कन्ट्रोलर, विद्युत् सप्लाई मेसिनलगायतका उपकरण हटाएर आधुनिक मेसिनको जडान गर्न लागिएको प्राधिकरणले जनाएको छ ।चट्याङले ट्रान्सफमरमा क्षति पुग्दा सिन्धुलीका करिव ४० हजार ग्राहकले विद्युत् उपभोग गर्न पाएका छैनन् ।मर्मत सम्भारको कार्य तीब्रगतिमा भइरहेकाले एक सातासम्ममा विद्युत् सेवा सुचारु हुने प्राधिकरणले जनाएको छ ।
सिन्धुलीमा चट्याङले क्षति र्पुयाएको विद्युत् ट्रान्सफरमर मर्मतको काम सुरु
- प्रकाशित मिति: बिहिबार, बैशाख ६ २०७५
- तामाकोसी खबर