रामेछाप । चैत १७ गते,
नेकपा माले जिल्ला कमिटी रामेछापले ३ नम्बर प्रदेशको राजधानी तत्काल सार्नु पर्ने माग गरेको छ । शेर बहादुर देउवा नेत्तृत्वको सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौडालाई तोकेको र वर्तमान सरकारले पनि राजधानी सार्ने बिषयमा व्यवास्ता गरेको भन्दै मालेले यस्तो माग गरेको हो ।
शनिबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी ३ नम्बर प्रदेशका सवै जिल्लाहरुलाई पायक पर्ने ठाउँ काभ्रेको धुलिखेल भएकाले सोहि ठाउँमा प्रदेशको स्थायी राजधानी बताउन माग गरेको हो ।
यदि सरकारले आफुहरुको मागलाई व्यवस्था गरेमा चरमवद्ध आन्दोलन गर्ने समेत माले रामेछापले चेतावनी दिएको छ । पत्रकार सम्मेलनमा नेकपा मालेका केन्द्रीय सदस्य मोहोन कार्कीले ३ नम्बर प्रदेशको स्थायी राजधानी १३ वटै जिल्लालाई पायक पर्ने ठाउँमा राख्नुपर्ने बताए । उनले अहिले रहेको प्रदेशको राजधानी रामेछापका नागरिकलाई सवै हिसावले अपायक पर्ने भन्दै रामेछाप लगाएत सवै जिल्लालार्य पायक पर्ने ठाउँ धुलिखेल भएको बताए ।
उनले रामेछापको खैरेनीघाट , गाल्पा सडक ,खिम्ती ठोसे हुदै गुम्देल पेकनाश सम्मको सडक, मन्थली गाल्पा धोवी सिरिसे लगाएतका सडक स्तर उन्नतीको काम समयमै सम्पन्न नहुदा यात्रुले सास्ती व्यहोरिहेको बिषयमा नेकमा माले रामेछापको गम्भिर ध्यानाकर्षन भएको बताए ।
उनले आफुहरुको मागलाई सम्बन्धीत निकायले व्यवास्ता गरी ३ महिना सम्म पनि प्रत्यक्ष महशुस हुने गरी काम नभएमा नेकपा मालेले चरमवद्ध आन्दोलन गर्ने चेतावनी दिए ।
नेकपा माले जिल्ला कमिटी रामेछापका सचिव ओमबाबु पुरीले नेकपा मालेले वर्तमान सरकारलाई रचनात्मक सहयोग गर्ने बताए । तर भ्रष्टचार , अनियमितता र विभेदकारी कामहरुमा भने पार्टीले कडा निगरानी गरी त्यसको विरोध र प्रतिकार गर्ने उनको भनाई छ । उनेल रामेछापको वृहत विकासका लागि जल, विद्युत ,पर्यटन,कृषिको क्षेत्रमा अवधारण अन्र्तगत दिर्घकालिन योजना बनाउनुपर्ने बताए । पर्यटन प्रवद्र्धनका लागि जिल्लामा रहेको ऐतिहासिक मठ मन्दिरहरुको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने उनको भनाई छ । नेकपा मालेले चैत १ देखी ३ गते सम्म ५ नम्बर प्रदेशको दाङमा पहिलो राष्ट्रिय परिषद सम्मपन्न गरेको थियो ।
प्रदेश ३ को राधानी धुलिखेल नबनाए आन्दोलन गर्ने नेकपा माले रामेछापको चेतावनी
- प्रकाशित मिति: शनिबार, चैत्र १७ २०७४
- तामाकोसी खबर