रामेछापमा एसइई परिक्षाको तयारी पुरा , ४ हजार ३ सय विद्यार्थीले परीक्षा दिदै

  • प्रकाशित मिति: आइतबार, चैत्र ४ २०७४
  • तामाकोसी खबर

रामेछाप । चैत ४ गते,
रामेछाप जिल्लामा यहि चैत ८ गतेदखी सुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसइई) को तयारी लगभग पुरा भएको छ । परिक्षा संचालनका लागि आवश्यक प्रवन्ध मिलाइ सकिएको जिल्ला शिक्षा कार्यालय रामेछापले जनाएको छ । रामेछापबाट ४ हजार ३ सय ११ जना विद्यार्थी सहभागी हुदै छन् । यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा जिल्लाबाट नियमित तर्फ ३ हजार ९ सय ६७ ,प्राविधिकतर्फ २ वटा विद्यालयबाट ६४ जना र आंशिक तर्फबाट २ सय ८० गरी कुल ४ हजार ३ सय ११ जना विद्यार्थी परिक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय रामेछापले जनाएको छ । जिल्ला शिक्षा कार्यालय रामेछापका अनुसार जिल्लाको साँघुटार र डहु मा.विका ६४ जना विद्यार्थील प्राविधिक बिषयको परिक्षा दिदैछन् । परिक्षाका लागी जिल्लाका २१ वटा परीक्षा केन्द्रमा २१ जना परीक्षा केन्द्राध्यक्ष तोकिएको छ ।