रामेछापको भटौली अाँखा शिविर ,५ सय ९५ जनाले अाँखा परिक्षण गराए

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २८ २०७४
  • तामाकोसी खबर

रामेछाप । फागुन २८ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ७ भटौली र खाडाँदेवी गाउँपालिका वडा नम्बर ४ पकरबासको संयुक्त आयोजनामा सोमबार अाँखा शिविर सम्पन्न भएको छ । मेजर चप्प बहादुर कार्कीको समन्वय तथा भिजन २०÷२० को प्राविधिक सहयोगमा अाँखा शिविर सचालन गरिएको हो । आँखा रोग विशेषज्ञ डा. कमल खड्काको नेतृत्वमा रहेको ५ जना चिकित्सक सहितको टोलले आखाँ परिक्षण गरको थियो । रुद्राक्षेश्वर मावि मुगिटारमा संचालन गरेको निःशुल्क आखाँ परिक्षण शिविरमा ५ सय ९५ जनाले अाँखा परिक्षण गराएका छन् । शिविरमा छनौट भएका ९१ जनाको मोतियाबिन्दुका विरामीको मंगलबार अप्रेशन गरिने स्वास्थ्यकर्मी रामप्रसाद प्रसाईले जानकारी दिए ।