सर्बाधिक राशीको ‘रामेछाप सिभिल च्याम्पियनसीप- २०७४’ भलिबल प्रतियोगीता हुँदै

  • प्रकाशित मिति: सोमबार, माघ १५ २०७४
  • तामाकोसी खबर

१५ माघ, रामेछाप । सर्बाधिक राशीको “रामेछाप सिभिल च्याम्पियनसीप- २०७४” रामेछापको मन्थलीमा  बुधबारबाट सुरु हुने भएको छ । आयोजक रामेछाप जिल्ला खेलकुद बिकास समितीले आइतबार काठमान्डौमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।

जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष पुरुषोत्तम कडरियाका अनुसार प्रथम हुने टिमले १ लाख ५० हजार, द्धितीय हुने टिमले १ लाख, तृतीय हुने टिमले ५० हजार र सान्वना हुने टिमले ३५ हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान पाउने छ। प्रतियोगितामा उत्कृष्ट खेलाडिलाइ नगद १० हजार सहित ट्रफी, उत्कृष्ट डिफेण्डर उत्कृष्ट ब्लकर, उत्कृण्ट सटर, उत्कृष्ट स्पाईकर र उत्कृष्ट सर्वरलाई ५ हजार सहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।



खेलकुद आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप), स्थानीय सरकार, उद्योग व्यवसायी तथा खेलप्रेमीहरुबाट आर्थिक सहयोग संकलन हुने अपेक्षा जिल्ला खेलकुद बिकास समितीले गरिएको छ ।

लिगकम नकआउटको आधारमा सञ्चालन हुने उक्तखेलमा खेलाडिलाइ दैनिक भत्ताका साथै जिल्ला बाहिरका टीमका खेलाडिलाइ यातायात खर्च आयोजकले व्यहोर्ने छ ।

आगामी शनिबार सम्म चल्ने प्रतियोगितामा बिभिन्न क्षेत्रका १२ टोलीको सहभागीता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार पुर्बाञ्चल, मध्यमाञ्चल,पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रबाट समेत टोली सहभागी हुने जनाएको छ ।

त्यसैगरी नमूनादीप युवा क्लब सैपू, प्याराडाइज युवा क्लब खिम्ती, हिमगंगा रामेछाप, लोकतान्त्रीक खेलकुद संघ रामेछाप, मन्थली युनाइटेड समाज मन्थली, शान्तीदीप युवा क्लब मन्थली सहभागी हुने बताइएको छ ।