लिखु जलविद्युत आयोजनाको स्वामित्व लिन पाउनुपर्ने सरोकार समितिको माग

  • प्रकाशित मिति: आइतबार, माघ १४ २०७४
  • तामाकोसी खबर

रामेछाप । माघ १४ गते,
रामेछाप र ओखलढुंगा जिल्लाको सिमाक्षेत्र भएर बग्ने लिखु नदीमा निर्माणाधिन लिखु चार जलविद्युत आयोजना निर्धारित समयमै सम्पन्न हुनुपर्ने र स्थानीयहरुले समेत स्वामित्व लिन पाउनुपर्ने माग गर्दै जनसरोकार समिति गठन भएको छ ।

परियोजना सञ्चालन गर्दा स्थानीय तहमा भएको प्राकृतिक स्रोत साधनको क्षेतिपूर्ति दिनुपर्ने , प्रभावित क्षेत्रका स्थानीयहरुले सेयर पाउनुपर्ने सरोकार समितिको माग रहेको समितिका अध्यक्ष केशर बहादुर पौडेलले बताए ।



६२ मेगावाट क्षमता रहेको निर्माणाधिन सो जलविद्युत आयोजनाको काम धमाधम भैरहेको छ । लामो समयपछि निर्माण भैरहेको जलविद्युत आयोजना निर्धारित समयमै सम्पन्न भए ओखलढुंगा र रामेछाप जिल्ला दुबैतर्फको आर्थिक विकास राम्रो हुने छ ।