राष्ट्रियसभामा एमाले उम्मेदवार तय: बुधबार मनोनयनको समय

  • प्रकाशित मिति: मंगलबार, माघ ९ २०७४
  • तामाकोसी खबर

माघ ९,काठमाडौं – नेकपा एमालेले ३ वटा प्रदेशबाट राष्ट्रियसभामा उम्मेदवार हुनेको नाम तय गरेको छ । सोमबार राती अबेर सकिएको एमाले स्थायी कमिटीको ९६ औं बैठकले प्रदेश नम्बर ५, ६ र ७ बाट राष्ट्रियसभामा उम्मेदवार हुनेको नाम तय गरेको हो ।

बैठकले राष्ट्रियसभा चुनावमा सिट बाँडफाँट गर्न गठित कार्यदलले नेकपा माओवादी केन्द्रलाई १४ सिट दिने र आफूले २९ सिट पाउने गरी गरेको सहमतिलाई अनुमोदन गर्दै उम्मेदवार तय गरेको सचिव प्रदि ज्ञवालीले जानकारी दिनुभयो ।



बाँकी प्रदेशको उम्मेदवार मंगलबार तय गरिने छ । राष्ट्रियसभाका लागि बुधबार मनोनयनको समय तोकिएको छ ।

एमालेले तय गरेको उम्मेदवारहरु :

प्रदेश नं ७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रदेश नं ६

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ५

१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ