रामेछाप । पौष २५ गते,
रामेछापको सदरमुका मन्थलीको सडक पेटीमा प्रहरीले ९८ हजार पैसा भेटेको छ । सदरमुकाम मन्थलीको तत्कालिन कटहरवोट नजिकै सडक पेटीमा हरियो झोलामा राखिएको अवस्थामा ९८ हजार रकम भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
सोमबार राति भेटिएको पैसा छाड्ने

व्यक्तिको पहिचान गरि बुझाईएको जिल्ला प्रहरीका कार्यालयमा डिएसपि कुमोद ढुंगेलले बताए । सो रकम रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका वडा नम्बर ७ का
४५ बर्षिय चर्तुमान तामाङको रहेको प्रहरीको भनाई छ । तामाङले सोमबार भूकम्पपिडित निजि आवास निर्माणका लागि अन्तिम किस्ता वापत १ लाख निकालेको प्रहरीसंग बताएका छन् । बैङकबाट पैसा निकालेर तामाङले मदिरा सेवन गरेको र मदिराको नशामा पैसा छोडेको प्रहरीको अनुमान छ । भेटिएको रकम मंगलबार विहान आफन्तको रोहवरमा चर्तुमान तामाङलाई जिम्मा लगाईएको डिएसपि कुमोद ढुंगेलले जानकारी दिए ।