ओखलढुंगामा चुनावी प्रचार प्रसार तिव्र

  • प्रकाशित मिति: आइतबार, कार्तिक १२ २०७४
  • तामाकोसी खबर

ओखलढुंगा । कार्तिक १२ गते, रामहरि श्रेष्ठ,
ओखलढुंगाका राजनितिक दलहरुले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् । आगामी मंसिर १० गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा राजनितिक दलहरु प्रचार प्रसारमा तिब्र रुपले लागीपरेका हुन् । ओखलढुंगामा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धन, नेकपा माले, राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेशन, संघीय लिम्बुवान लोकतान्त्रिक, देशभक्त जनगणतान्त्रिक मोर्चा र नयाँ शक्ति पार्टी नेपाल गरी नौ राजनितिक दलका २१ उम्मेद्धवार चुनाबि मैदानमा छन् । भने एकजना स्वतन्त्रबाट उम्मेद्धवार बनेका छन् ।



चुनावी मैदानमा होमिएका राजनितिक दलहरु मध्ये नेपाली काग्रेस र संयुक्त बाम गठबन्धनको प्रचारप्रसारले तिव्रता पाएको छ । दलहरु यतिबेल प्रचारप्रसाको कार्यक्रम लिएर गाँउ पसेका छन् । वाम गठबन्धनले संयुक्त रुपमा चुनावी अभियन आक्रमक बनाएका छन् । भने नेपाली काग्रेसले पनि आन्तरिक ब्यवस्थापन मिलाउदै चुनावी अभियान सञ्चालन गरिहेको छ । दलहरुले पनि यस पटकको चुनव आफ्नो पक्षामा पार्ने दाबी गर्दै आएका छन् । उनिहरुले सोहि अनुसारको प्रचारप्रसारलाई तिब्रता दिईरहेका छन् । ओखलढुंगामा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा यज्ञराज सुनुवार , प्रदेश ‘क’ मा एमाले नेता अम्बिरबाबु गुरुङ र क्षेत्र ‘ख’ मा माओवादी केन्द्रका नेता मोहन खड्का चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट भने प्रतिनिधिसभामा रामहरि खतिवडा र प्रदेश ‘क’ मा मित्रसेन दाहाल तथा ‘ख’ मा जिल्ला सभापति प्रदिप सुनुवार प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचनमा जिल्लाबा १ लाख २ हजार २ सय ६३ जना मतदाताले मतदान गर्दैछन् ।