रामेछापका प्रतिनिधिसभा उम्मेदवार श्याम कुमार श्रेष्ठको राजनितिक यात्रा

  • प्रकाशित मिति: शनिबार, कार्तिक ११ २०७४
  • तामाकोसी खबर

रामेछाप । कार्तिक ११ गते,
रामेछापमा आगामि मंसिर १० गते हुन गैरहेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहोल तातिएको छ । लोकतान्त्रीक गणतन्त्रात्मक संविधान कार्यान्वयनको मुखय कडिका रुपमा हेरिएको यो निर्वाचनमा सर्वसाधारण नागरिकमा पनि रौनकता छाएको छ । एक प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको रामेछापमा मुख्यगरी वाम गठबन्धन र लोकतान्त्रीक गठबन्धनको भिडन्त हुने देखिएको छ । रामेछापमा प्रतिनिधि सभा तर्फ विभिन्न १२ राजनीतिक दलका उम्मेदवारहरु रहेका छन् । प्रदेश तर्फ १ नं मा ८ वटा राजनीतिक दलका उम्मेदवारहरु रहेका छन् भने २ नंमा एक स्वतन्त्र स



हित ९ जना उम्मेदवार रहेका छन् । अन्य दलका उम्मेदवारहरु पनि चुनावी मैदानमा रहे पनि प्रतिष्पर्धा भने २ वटा गठवन्धनका बिच हुने देखिएको छ । अन्य उम्मेदवारी दिन दलको रामेछापमा ठूलो जनमत छैन ।
बाम गठबन्धनबाट प्रतिनिधि सभामा माओवादी केन्द्रका श्याम श्रेष्ठ र प्रदेश सभाको क्षेत्र नं १ मा एमालेका शान्तिप्रसाद पौडेल तथा २ मा एमालेकै कैलाश ढुँगेल प्रतिष्पर्धामा छन् । काँग्रेसबाट प्रतिनिधि सभमा पूर्णबहादुर तामाङ र प्रदेशको क्षेत्र नं १ मा रत्न कार्की तथा २ मा जीतबहादुर मगर चुनावी मैदानमा छन् । गएको स्थानीय तह र अघिल्लो संविधान सभा निर्वाचनको मतलाई हेर्ने हो भने काँग्रेस भन्दा बाम गठवन्धनको भोट २ गुनाले बढी छ ।
को हुन् श्याम कुमार श्रेष्ठ ( कुशल )
रामेछाप जिल्ला नेकपा माओवादीको जनयुद्धको उदगमस्थल र आधार इकाला भन्दा फरक नपर्ला । मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनका तर्फवाट नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं विना विभागीय राज्य मन्त्री श्याम कुमार श्रेष्ठलाई साझा उम्मेदवार बनाएको छ । श्याम कुमार श्रेष्ठको जन्म बिसं २०२८ साल पुष १ गते बुबा तीर्थदास श्रेष्ठ र आमा खष्टमायाको एक मात्र सन्तानको रुपमा रामेछाप जिल्लाको साविकको गेलु गाविस वडा नम्बर ९ र हाल मन्थली नगरपालिका वडा नम्बर १२ मा भएको हो । श्रेष्ठको शैक्षक योग्यता मानविकी संकाय अन्तर्गत अर्थशास्त्र राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्मको छ ।
२०७० सालको संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि श्रेष्ठले रामेछापको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । विकास निर्माणको कार्यमा श्रेष्ठले महत्वपुर्ण भुमिका निर्वाहा गरिहेका छन् । रामेछापका जनताको मन जित्न सफल भएका श्रेष्ठ आगामी निर्वाचनमा पनि रामेछापवासी जनताले अत्याधिक मत दिएर जिताउने विश्वासमा छन् ।
उम्मेदवार श्याम कुमार श्रेष्ठको राजनीति
वि.सं. २०४३ सालदेखि तत्कालिन नेकपा मसालको विद्यार्थी संगठनबाट राजनीतिको सुरुवात गरेका श्रेष्ठले २०४७ सालमा दयानारायण श्रेष्ठबाट पार्टीको सक्रिय सदस्यता लिएका थिए । २०४८ को एकता महाधिवशेनपछि जिल्ला कार्य समिति रामेछापको सदस्य बनेका श्रेष्ठ २०५१ साल फागुनबाट माओवादीले जनयुद्ध सुरु गरेपछि २०५६ सालसम्म अर्धभूमिगत बसेका थिए । २०५७ सालमा नेकपा माओवादीको पूर्णकालिन सदस्य हुँदै पूर्वी कमाण्ड अन्तर्गत रामेछाप–काभ्रेको सव–एरियाको सेक्रटरी समेत बनेका श्रेष्ठ २०५८ सालमा नेकपा माओवादी रामेछापको जिल्ला कार्यसमिति सदस्य बनेका थिए । श्रेष्ठ २०५९ मा प्राविधिक कमाण्डको इन्चार्ज , २०६० मा रामेछाप–काभ्रे जिल्लाको ईलाका सेक्रेटरी बनेका थिए । २०६१ देखि चुनवाङ बैठकसम्म रामेछाप जिल्लाको सेक्रेटरी हुँदै त्यसपछि २०६६ सालसम्म विशेष केन्द्रीय कमाण्डाको कार्यालय सचिवको जिम्मेवारी पनि सम्हालेका श्रेष्ठ २०६६ साला पुनः रामेछापको सेक्रेटरी बनेका थिए । २०६८ देखि २०७० सम्म रामेछापमा संगठन विभाग प्रमुख भएका श्रेष्ठ २०७० सालका दोस्रो संविधानसभा निर्वाचनबाट नेकपा माओवादी केन्द्रबाट रामेछापबाट प्रत्यक्ष निर्वा्िचत सांसद बने । व्यवस्थापिका सांसदको उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध समितिको सदस्य बनेका श्रेष्ठ २०७२ मा पार्टीको केन्द्रीय कमिटीको सदस्य पनि बने । २०७३ मा पार्टीको पोलिटब्यूरो सदस्य बनेका श्रेष्ठ स्थानीय तहको निर्वाचन २०७४ मा रामेछापको निर्वाचन परिचालन समितिका संयोजकको जिम्वेवारी सम्हालेका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृह राज्यमन्त्री भएका श्रेष्ठ हाल एमाले र माओवादी केन्द्रबीच वामपन्थी गठबन्धन साझा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।
श्याम कुमार श्रेष्ठको सांसद देखि मन्त्री हुँदै प्रतिनिधिसभा उम्मेदवार सम्मको यात्रा
जनयुद्धको समयमा दर्जनौ मोर्चामा सहभागी भएका श्रेष्ठले पाँच वटा घटनामा भने मृत्युको मुखमा पुगेर पनि बाँच्न सफल भए । पार्टीको बैठकको क्रममा २०५९ रामेछापको कुखुरे आहल कालपानी जङगलमा सेनासँग जम्काभेट हुँदा कुहिरोको कारण ज्यान जोगाउन सफल भएका व्यक्ति हुन् श्याम कुमार श्रेष्ठ । २०६० सालमा सैलुङ्गमा पार्टीको काम सकेर कोसीपारी जाने क्रममा रामेछापको भोटनागी डाँडामा सेनाले बाटोमा एम्बुस विच्छाएको घटनामा पनि उनि बाच्न सफल भएका हुन् ।
जनयुद्धमा सहभागी हुँदै दोस्रो संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर २ बाट निर्वा्चित भएका श्रेष्ठले संविधान जारी भएपछिको रुपान्तरित सांसदको भूमिका निर्वाह गर्दे देउवा नेतृत्वको सरकारमा गृह राज्यमन्त्री हुँदै हाल विना विभागीय राज्य मन्त्रीको भूमिका निर्वाह गर्दै बामपन्थी गठबन्धबाट रामेछापको प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्न सफल भएका छन् ।