रामेछाप । असोज २७ गते,भिम बहादुर नेपाली
जिल्ला समन्वय समिति रामेछापबाट हालसम्म भुकम्प लाभग्राहीहरूको नीजि आवास पुर्न्निर्माणका लागि ३ अर्ब १८ करोड ५३ लाख रकम निकासा भएको जनाएको छ । यसमा गैर सरकारी संस्थाहरुलो पुननिर्माणका लागि दिएको अनुदान रकम समावेश गरिएको छैन । जिल्ला समन्वय समितिले हालसम्म पहिलो किस्ता वापत ४० हजार ७ सय १६ जना लाभग्राहीलाई पहिलो किस्ता ५० हजारका दरले २ अर्ब ३५ करोड ८ लाख रकम निकासा गरेको छ ।
त्यसैगरी ७ हजार ४ सय ४२ जना लाभग्राहीलाई दोस्रो किस्ता १ लाख ५० हजारका दरले १ अर्ब ११ करोड ६३ लाख निकासा गरेको छ ।
त्यसैगरी जिल्ला समन्वय समिति रामेछापले तेस्रो किस्ता बापत ३ सय ३२ जनालाई १ लाखका दरले ३ करोड ३२ लाख निकासा गरेको जिल्ला समन्वय समिति रामेछापका सामाजिक विकास अधिकृत गोविन्द कट्टेलले जानकारी दिए । उनका अनुसार १ सय ६१ जना लाभग्राहीको दोस्रो किस्ता बापतको २ करोड ४१ लाख ५० हजार यहि कार्तिक २५ गते निकासा भएको छ ।
जसमा साविकको पकरवास गाविसको १ सय ७ जना लाभग्राहीको एन.आई.विएल ,एन.एम.वि र राष्ट्रिय बैंक मन्थलीमा रकम निकासा भएको छ । त्यसैगरी डडुवा गाविसका ३८ जनाको एन.एम.बि बैंक मन्थलीमा रकम निकासा भएको छ । त्यसैगरी गौश्वरा गाविसका ७ जना लाभग्राहीको एन.एम.बि बैंक मन्थलीमा र पुरानागाउँ गाविसको ९ जना लाभग्राहीको दोस्रो किस्ता रकमा टुरिजम डेभलपमेन्ट बैकमा निकासा भएको जिल्ला समन्वय समिति रामेछापले जनाएको छ ।
सम्बन्धित गाविसका लाभग्राहीहरुलाई आफ्नो वडा कार्यालय र प्राविधिक कर्मचारीहरु तथा सम्बन्धित बैकसँग समन्वय गरी अनुदान रकम बुझ्न आउनु जिल्ला समन्वय समिति रामेछापले आग्रह पनि गरेको छ ।
निजि आवास पुननिर्माणका लागि जिसस रामेछापबाट ३ अर्ब १८ करोड ५३ लाख निकासा
- प्रकाशित मिति: शुक्रबार, असोज २७ २०७४
- तामाकोसी खबर