जापानी नागरिकले विद्यालयलाई सहयोग गरे

  • प्रकाशित मिति: बुधबार, असोज ४ २०७४
  • तामाकोसी खबर

रामेछाप । असोज ४ गते, कैलाश खत्री,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलु को एक विद्यालयलाई जापानी नागरिकले शैक्षिक तथा भौतिक सामाग्री सहयोग गरेका छन् । गाउँको पशुपति आधारभुत विद्यालयलाई जापानी नागरिक युताका गोतोले सहयोग गरेका हुन् । बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच १ सय ९० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बालमैत्री कक्षा संचालन गर्न विद्यालयलाई भौतिक सामाग्री दिएका हुन् । भूकम्पपछाडि विद्यालयलाई २ लाख रुपैया नगद अस्थाई सिकाई केन्द्र बनाउन सहयोग गरेका उनले आगामी दिनमा विद्यालयको शैक्षिक क्रियाकलापमा सहयोग गर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केयरसिंह भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा जापानी भाषा विद्यालय संघका अध्यक्ष सुनिल बज्रचार्य , शिक्षा सहयोगी ओम भुजेल , विद्यालयका प्रधानाध्यापक बिष्णु बहादुर खत्रीले सहयोग प्रति जापानी नागरिक गोतोलाई धन्यवाद दिएका थिए । उनले गरेको यो सहयोगले विद्यालयलाई शैक्षिक क्रियाकलाप संचालन गर्न मद्दत मिलेको उनिहरुको भनाई छ । कार्यक्रममा १३ जना विपन्न जेहेन्दार विद्यार्थीहरुलाई जापानी भाषा विद्यालय संघका अध्यक्ष सुनिल बज्रचार्यले प्रति विद्यार्थी ५ सय रुपैया नगद प्रदान गरेका थिए । विद्यालयले दात्री जापानी नागरिक सहति जापानी भाषा विद्यालयका प्रतिनिधिहरुलाई कदर पत्रले सम्मान गरेका थिए ।