रामेछाप । भदौ १५ गते ,
रामेछाप जिल्लाका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले आपूmहरुलाई कर्मचारीले नटेरेको आरोप लगाएका छन् । जिल्ला सदरमुकाम मन्थलीमा बुधबार नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको सम्मान कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले सो कुरा बताएका हुन् । 
रामेछापमा रहेको रेडियो तीनलाल एफएम ८८.६ मेगाहर्जले आयोजना गरेको निर्वाचित जनप्रतिनिधिहरुको सम्मान तथा अनुभव आदानप्रदान कार्यक्रमका सहभागि वक्ताहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले कर्मचारीको कारण जनप्रतिनिधिहरुलाई परेको अप्ठेरो अवस्थाको बारेमा छलफल भई रहेको र त्यसको तत्काल स्थायी समाधान निकाल्ने बताए । उनले जनप्रतिनिधिहरुलाई पनि जनताहरुको काम इमान्दारिताका साथ गर्न आग्रह गरे ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश वस्नेतले जनप्रतिनिधिहरु समेत भ्रष्टाचारको दलदलमा डुव्ने खतरा भएकोले सबैले जोगिएर काम गर्नु पर्नेमा जोड दिए । उनले सुशासन अहिलेको पहिलो आवश्यकता रहेको बताए । सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले स्थानीय तहलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताए । खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ जनप्रतिधिहिरुलाई कर्मचारी संयन्त्रले असहयोग गरेको बताए । कर्मचारीहरु जिल्लामा कार्यालय रुँघेर बस्ने तर गाउँमा नागरिकहरुले सेवा पाउन नसक्ने अवस्था रहेको बताए । दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं तामाङले आप्mनो गाउँपालिकामा पर्याप्त साधन र स्रोत भए पनि त्यसलाई उपयोग गर्ने जनशक्ति र आर्थिक श्रोतको अभाव रहेको बताए ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले आप्mनो गाउँपालिका श्रोतले सम्पन्न भएको बताउँदै त्यसको परिचालन गरी नमुना गाउँ बनाउने जानकारी दिए ।
गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले कृषि, पर्यटन, विद्युत लगायतको सम्भावना रहेकोले गोकुलगंगा गाउँपालिका चाँडै समृद्ध बन्न सक्ने बतए ।
कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख मायाँ कार्की, दोरम्बा गाउँपालिकाकी उपाध्यक्ष क्रिसला घिसिङ, खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठ, रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछाने, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल, रामेछाप उद्योग वाणिज्य संघका महासचिव एवं रेडियो तीनलाल एफएमका संचालक सदस्य जगन्नाथ दाहाल लगायतले पनि बोलेका थिए । रेडियोका अध्यक्ष पशुपतिबहादुर खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागिहरुलाई रेडियोका निर्देशक नवराज पथिकले स्वागत गरेका थिए ।