रामेछापको लिखुगाउँपालिका नागदहमा उत्पिडित दलित लैङ्गिक हिंसा निवारण तालिम

  • प्रकाशित मिति: मंगलबार, असार २७ २०७४
  • तामाकोसी खबर

रामेछाप । असार २७ गते,
रामेछाप जिल्लाको लिखुगाउँपालिका वडा नम्बर ५ नागदहमा उत्पिडित दलित लैङ्गिक हिंसा निवारणका लागि सशक्तिकरण तालिम मंगलबार सम्पन्न भएको छ । वडा स्तरीय दलित समितिले आयोजना गरेको तालिम वडा अध्यक्ष सोम बहादुर तामाङको अध्यक्षता र पुर्व गाविस अध्यक्ष आस बहादुर तामाङको प्रमुख आतिथ्यतामा  सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले दलित दलित बिचमा एकता हुन सके विभेद पुर्ण रुपमा निराकरण हुने बताए । उनले तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न सहभागिहरुलाई आग्रह गरे । वडा अध्यक्ष सोम बहादुर तामाङले चुनावी घोषणा पत्रमा उल्लेख गरिए अनुसार आफुले काम गरिरहेको दावि गरे । उनले आफ्नो वडालाई रामेछाप जिल्लाकै नमूना वडा बनाउने गरी काम गर्ने प्रतिवद्धता पनि जनाए । वडा भरका ५० जना भन्दा बढि दलितहरुको सहभागिता रहेको कार्यक्रममा लैङ्गिक हिंसा र दलितको हक अधिकारका बारेमा रामेछाप बार इकाईका अध्यक्ष पाण्डव प्रसाईले प्रशिक्षण दिएका थिए । त्यसैगरी पत्रकारिता गर्दा लैङगीक समानता र सामाजिक समाबेशीकरणलाई कसरी ध्यान दिनुपर्छ भन्ने कुराका बारेमा पत्रकार युनिक विफा घिसिङले प्रशिक्ष दिएका थिए । कार्यक्रममा गाउँपालिकाको मनोनित सदस्य वुद्धि बहादुर विक,वडा दलित सदस्य सविता विक,उत्पिडित दलित मुक्तिका कोषाध्यक्ष काजिमान विक,लगाएतले दलितलाई संविधानले दिएको अधिकार र त्यसको कार्यान्वयनको अवस्थाका बारेमा बोलेका थिए ।