शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २३ २०७४
  • तामाकोसी खबर

काठमाडौं, २३ जेठ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । गणतान्त्रिक नेपालको उनी नवौं प्रधानमन्त्री हुन् ।

मंगलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो । देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।



नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीनसँगको सम्बन्धलाई सुमधुर बनाउँदै अगाडि बढ्ने बताएका छन् ।

नवनिर्वाचित प्रधानमन्त्री देउवाले आफूले संसद्मा नै सबै विषयमा प्रस्ट पारिसकेको उल्लेख गर्दै सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । देउवा चौंथोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।