सिन्धुलीको ९ स्थानीय तहका लागि ३ अर्व २० करोड ६१ लाख ९१ हजार बजेट बिनियोजन

  • प्रकाशित मिति: बुधबार, जेष्ठ १७ २०७४
  • तामाकोसी खबर

सिन्धुली । जेठ १७ गते,
आर्थीक वर्ष २०७४÷०७५ को बजेट मार्फत सिन्धुलीका ९ वटा स्थानीय तहका लागि ३ अर्व २० करोड ६१ लाख ९१ हजार रुपैयाँ बजेट विनीयोजन भएको छ  । सिन्धुलीका कमलामाई र दुधौली नगरपालिकाको समग्र विकासका लागि सबैभन्दा धेरै विनीयोजन भएको छ । कमलामाई नगरपालिकाका लागि ५८ करोड ८४ लाख ३९ हजार र दुधौली नगरपालिकाको लागि ५४ करोड ७२ लाख ४७ हजार रुपैयाँ छुट्याइएको छ ।  यस्तै जिल्लाको ७ वटा गाउँपालिका मध्ये सबभन्दा धेरै तिनपाटन गाउँपालिकाका लागि बजेट विनीयोजन गरिएको छ । ११ वटा वडा रहेका उक्त गाउँपालिाकाका लागि ४२ करोड, २४ लाख  छ भने  सबभन्दा कम घ्याङ्लेख गाउँपालिकाका लागि २० करोड २२ लाख ९१ हजार रुपैयाँ विनीयोजन गरिएको छ । यस्तै फिक्कल गाउँपालिकाको लागि २५ करोड ५३ लाख ९ हजार, गोलन्जोर गाउँपालिकाको लागि २६ करोड, ८२ लाख ४१ हजार, मरिण गाउँपालिकाको लागि ३१ करोड, २० लाख ७८ हजार, सुनकोसी गाउँपालिकाको लागि २८ करोड, ५ लाख ५४ हजार र हरिहरपुरगढी गाउँपालिकाको लागि ३२ करोड ९६ लाख ३२ हजार रुपैयाँ विनीयोजन गरिएको छ ।