रामेछाप काँग्रेसका नगर समन्वय समितिका सहसंयोजकले माओवादीलाई भोट मागेपछि

  • प्रकाशित मिति: बिहिबार, बैशाख २८ २०७४
  • तामाकोसी खबर

रामेछाप । बैशाख २८ गते,
नेपाली काँग्रेसका नगपालिकाका सहसंयोजकले माओवादी पार्टीका उम्मेदवारलाई भोट मागेपछि पार्टी कारबाहीमा परेका छन् । नेपाली काँग्रेस रामेछाप नगपालिकाका सहसंयोजक युद्धबहादुर कार्कीले पार्टी नीति विपरित माओवादीका उम्मेदवारलाई मत मागेपछि पार्टीबाट निष्कासन गरिएको नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले जानकारी दिए ।
साविकको गोठगाउँ गाविसका काँग्रेसका गाउँपार्टी सभापति समेत रहेका कार्कीले काँग्रेस र माओवादी केन्द्रबिच चुनावी एकता भएको र गोठगाउँमा काँग्रेसले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गरेको भन्दै गलत प्रचार गरेको पार्टी सचिव लेखबहादुर कार्कीले जानकारी दिए । उनलाई पार्टीका साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको उनले जनकारी दिए ।