मन्थलीको मेयरमा काँग्रेसवाट ८ र एमालेबाट ५ जनाको दावेदारी , माओवादि केन्द्र भने मौन

  • प्रकाशित मिति: बिहिबार, चैत्र २४ २०७३
  • तामाकोसी खबर

रामेछाप । चैत २४ गते,
बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि उमेद्वार दावी गर्ने र दिने क्रम जारी छ ।  विभिन्न पार्टीका नेताहरुले उम्मेदवार हुने आप्mनो मनसाय व्यक्त गर्न लागेका छन् । कतिपय पार्टीले औपचारिक रुपमा नै उम्मेदवार घोषणा गरी सकेका छन् ।
नेकपा माओवदी केन्द्र रामेछापलेमन्थली नगरपालिका वडा नम्बर १ मा उम्मेद्वार घोषणा समेत गरिसकको छ । उसले नारायणदास श्रेष्ठलाई वडा नं १ को वडा अध्यक्षको उम्मेदवार बनाएको छ । निर्वाचन नजिकिँदै जाँदा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीभित्र कसलाई कहाँ उम्मेद्वारी बउने भन्नेमा चर्चा चल्लन थालेको छ ।
नेपाली काँग्रेसका तर्फबाट रामेछापको मन्थली नगरपालिकामा मात्रै ८ जनाले मेयरको दावि गरेका छन् । जसमा धुव्र प्रसाद सुवेदी, केशव रोक्का,बिनोद कार्की,युवराज भट्राई,शंकर अधिकारी,कुमार श्रेष्ठ,हिमालदाश श्रेष्ठ र गंगा अधिकारी रहेको नेपाली कांग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठले बताए । उनीहरुले पार्टीमा गरेको योगदान र नागरिकहरुको चाहाना अनुरुप आफूहरु मेयरको उम्मेद्वारको दावेदारी गरेको बताउदै आएका छन् ।
त्यसैगरी नेकपा एमालेबाट मन्थली नगरपालिकाको मेयरमा ५ जनाले दावी गरेका छन् । जसमा एमाले जिल्ला सचिव आनन्द श्रेष्ठ, एमाले नेता रमेश बस्नेत,कृष्णहरि अधिकारी ,धुव्र कार्की र लव श्रेष्ठ रहेकोे एमाले सचिव आनन्द श्रेष्ठले जानकारी दिए।
नेपाली काँग्रेस र नेकपा एमालेबाट मन्थली नगरपालिकाको मेयर दावेदारहरु धेरै भएपनि माओवादी केन्द्रबाट भने कसैले दावि गरेका छैनन् । वडामा उम्मेद्वार घोषणा पहिलो पार्टी बनेको माओवादी केन्द्रले मेयरको बारे कुनै टुङ्गो लगाएको छैन । माओवादी केन्द्रले नगरको प्रमुख लागि भने छलफल गरिरहेको जनाएको छ । पार्टीले निर्वाचन केन्द्रीत विभिन्न अभियानहरु चलेको भएपनि मन्थली नगरपालिकाको मेयरका लागि कुनै साथिहरुले केहि नभनेको पुर्व सभासद एवं नेकपा माओवादी केन्द्र रामेछापका नेता तारानारायण श्रेष्ठले बताए । उनले यसका बिषयमा कसैले पार्टीमा केहि नभनेको र औपचारिक छलफल पनि नभएको बताए । मन्थली नगरपलिकाको मेयरमा आफ्नो पार्टीले जित्ने सुनिश्चित भएको र मेयरका लागि व्यक्ति नभई सिंगो पार्टी लागेको नेता उद्धव रम्तेलले बताए  ।
माओवादी केन्द्रमा नगरपालीकाको प्रमुखको विषयमा छलफल नभएको बताइएको भए पनि प्रमुख पदमा पूर्वसभाषद समेत रहेका नेता तारानारयण श्रेष्ठलाईनै उम्मेवदार बनाउने तयारी भएको बुझिएको छ  । श्रेष्ठको पनि उम्मेदवारी बन्ने मनसाय रहेको बुझिएको छ । पूर्वसभाषदले नै प्रमुखको दावि गरेको कारण अन्यले दावि नगरिएको बुझिएको छ ।