रामेछाप । २४ गते ,फागुन ,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १३ र १४ मा पुननिर्माणको काम गर नगरपालीकालको कामको प्रभावकारीता वषयक सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार भटौलीमा सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ( ईन्सेक) र मानव अधिकार तथा सामाजिक न्याय संयोजन केन्द्रको समन्वयमा मन्थली नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटा जवाफदेही वक्त रहेका थिए । कार्यक्रममा नगर
पालिकाले अहिलेसम्म संचालन गरेको कार्यक्रम र भूकम्पपछिको पुननिर्माणको अवस्थाका बारेमा सवाल जवाफ भएको थियो । नगरपालिकाका कार्यकारी प्रमुख सापकोटाले चालु अर्थिक बर्षमा मन्थली नगरपालिकाको १५ करोड बजेट रहेकोमा अहिले सम्म १० करोड ३९ लाख निकासा भएको र २ करोड ७७ लाख खर्च भैसकेको बताए ।
उनले नगरपालिकाले यो आर्थिक बर्षमा गर्ने कार्यक्रम मध्ये ९० प्रतिशत कार्यक्रमहरुको सम्झौता भैसकेको बताए । उनले कार्यक्रम सम्झौताका लागी फागुन १५ गते सम्मका लागि समय तोकिएको भएपनि स्थानीय निकायका कर्मचारीहरुको आन्दोलनका कारण सो कार्य प्रभावित भएको बताए । उनले यो बर्ष मन्थली नगरपालिकाको आन्तरिक राजस्वमा उल्लेख्य बृद्धि भएको बताए । अघिल्लो बर्ष जम्मा १८ लाख आन्तरिक राजस्व संकलन भएकोमा चालु आर्थिक बर्षको हालसम्म ४९ लाख संकलन भएको उनले जानकारी दिए । 
उनले मन्थली नगरपालिका भित्र ६ हजार नागरिकले पुननिर्माण सम्झौता गरेको र अहिले पुननिर्माणको काम भैरहेको बताए । पुननिर्माणका लागि दोस्रो किस्ताको रकम पनि निकासा भएपनि अहिलेसम्म कसैले पनि नलिएको उनले बताए ।
स्थानीयले पुननिर्माणको क्रममा फरकफरक नीति आएको कारण काम गर्ने असजिलो भएको गुनासो गरेका थिए । साथै सडकमा उड्ने धुलोको कारण आपूmहरु आक्रान्त भएको भन्दै त्यसको व्यवस्थापनको लागि स्थानीयले आग्रह गरेका थिए । सार्वजनिक सुनुवाईमा पुननिर्माणको काम सबै संस्था बिच समन्व गरी अघि बढाउने तथा मन्थली नपा १४ मा विद्युत सेवा पुर्याउन सबैले प्रयत्न गर्ने २ वुँदे प्रतिवद्धता जारी भएको छ । कार्यक्रममा राजनीनिक दलका प्रतिनिधि समेत सहभागि भएका थिए । कार्यक्रमको उद्देश्य बारे इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले प्रकाश पारेका थिए । कार्यक्रमको सहजिकरण हुसोकका सचिव उमङ्ग मैनालीले गरेका थिए ।
चालु आर्थिक बर्षको हालसम्म मन्थली नगरपालिकामा ४९ लाख आन्तरिक राजस्व
- प्रकाशित मिति: मंगलबार, फाल्गुन २४ २०७३
- तामाकोसी खबर