काभ्रेका भूकम्पपीडितलाई दोस्रो किस्ता दिन प्रमाणीकरण सुरु

  • प्रकाशित मिति: आइतबार, फाल्गुन १५ २०७३
  • तामाकोसी खबर

काभ्रे । १५, फाल्गुण ,
पुनर्निर्माणको प्रक्रिया अघि बढाएका भूकम्पपीडितको दोस्रो किस्ताको रकमका लागि काभ्रेपलाञ्चोकमा प्रमाणीकरण सुरु भएको छ ।पहिलो किस्ताको रकमबाट पुनःनिर्माण गरेका भूकम्पपीडितले दोस्रो किस्ताबापतको रकम माग गर्न आवेदन गरेपछि उनीहरुको आवेदनमा जाँच तथा प्रमाणीकरण सुरु भएको सहरी विकास तथा भवन डिभिजन कार्यालय, धुलिखेलले जनाएको छ ।दोस्रो किस्ता रकम वितरणको निर्दे्शिका जिल्लामा आएपछि प्रमाणीकरणको काम सुरु गरेको र अब केही दिनपछि वितरण हुन्छ सो कार्यालयका प्रमुख अष्टलाल सुवालले बताउनुभयो ।उहाँले जिल्लामा अहिलेसम्म १४५ जना भूकम्पपीडितको प्रमाणीकरण भएको जानकारी दिँदै १२ जना भूकम्पपीडितले भूकम्प प्रतिरोधी भवन संहिताभन्दा बाहिर रहेर पुनःनिर्माण गरेकाले प्रमाणीकरण गर्न समस्या भएको बताउनुभयो ।