रामेछाप । १४ ,फाल्गुण ,
शुक्रबार महाशिवरात्रिको परेकोे नेपाली सेनाको सेना दिवस २०७३ को अवसर पारी रामेछापका नेपाली सेनाले बिहिबार सदरमुकाम मन्थलीको बजार क्षेत्र सरसफाई गरेको छ । रामेछापमा रहेको नेपाली सेनाको नन्दाबक्स गणकाको अगुवाईमा सदरमुकाम मन्थलीको बजारक्षेत्र सरसफाई गरिएकोे हो ।
मन्थली बजारमा
बढ्दै गएको फोहोरमैला नियन्त्रण गर्न स्थानीयलाई उत्प्ररित गर्ने अभिप्रायले सेनाले सो सफाई कार्यक्रम आयोजना गरेको हो । मन्थली बजार क्षेत्रमा विभिन्न अवसरमा सरसफाई कार्यक्रम हुने गरेका छन् ।
नेपाली सेनाले आफ्नो स्थापना दिवसका अवसरमा जनहिताका लागि आयोजना गरेको बजार सरसफाई अभियानमा नन्दवक्स गण रामेछापका गणपति प्रमुख सेनानी प्रमोदकुमार थापा, रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी जगदिश मिश्र, सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापा , राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, बजार बासी, नागरिक अगुवा, पत्रकार लगाएतको सहभागिता रहेको थियो । सेनाले मन्थली लगाएत जिल्लाको रामेछाप नगरपालिकाको रामेछाप बजार तथा दोरम्बा बजारमा पनि सरसफाई गरेको नेपाली सेनाको नन्दाबक्स गण रामेछापले जनाएको छ । सेना दिवसको अवसरमा नेपाली सेनाले देश भरिनै सरसफाई कार्यक्रमको अयोजना गरेको छ ।
सेना दिवसको अवसरमा मन्थली बजार सफाई
- प्रकाशित मिति: शनिबार, फाल्गुन १४ २०७३
- तामाकोसी खबर