मन्थलीमा व्यवसायिक कुखुरा पालन तालिम

  • प्रकाशित मिति: आइतबार, फाल्गुन १ २०७३
  • तामाकोसी खबर

रामेछाप । ०१,फागुन,
रामेछापको सदरमुकाम मन्थलीमा १ दिने व्यावसायिक कुखुरा पालन तालिम शनिबार सम्पन्न भएको छ । बिराज प्लाष्टिक सप्लायर्स मन्थली रामेछाप र भानु एण्ड सानु दाना चल्ला सप्लायर्स मन्थलीको समन्वयमा ॐ चावो बिरोफिड ईण्डष्ट्रिज प्रालीलले आयोजना गरेको तालिममा ७० व्यवसायिक कुखुरापालकहरुको सहभागिता रहेको थियो । भानु एण्ड सानु दाना चल्ला सप्लायर्स मन्थलीका संचालक टंक कुमार श्रेष्ठको अध्यक्षतामा भएको तालिममा सिनियर भेटेनरी कन्सल्टेन्ट डा. जीवन अधिकारी र पोषक दानका बजार अधिकृत बिष्णु भण्डारीले सहजीकरण गरेका थिए । कुखुरा व्यवसायीहरुले कुखुर पाल्दा चल्ला राख्नु पुर्वको व्यवस्थापन , खोर तयारी , चल्ला राख्ने समयको व्यवस्थापन,चल्ला राखेपछिको व्यवस्थापन ,चल्ला हुर्कदाको व्यवस्थापनमा ध्यान दिनुपर्ने बिषयमहरुमा तालिममा छलफल भएको थियो ।
त्यसै गरी कुखुरा राख्ने खोरमा हावाको बहावको व्यवस्थापन र कुखुरालाई दाना र पानी दिन ख्याल गर्नुपर्ने कुराहरुका बारेमा पनि तालिममा छलफल भएको थियो । सानातिना बिषयको ख्याल गर्न नसक्दा  व्यवसायीहरु आफै मर्कामा पर्ने गरेको तालिमका सहजकर्ता एवं सिनियर भेटेनरी कन्सल्टेन्ट डा. जीवन अधिकारीले बताए । उनले कुखुरा पाल्नु पुर्व यसका बारेमा थोरै भएपनि ज्ञान हुनु अनिवार्य रहेको बताए । कार्यक्रमका अध्यक्ष एवं भानु एण्ड सानु दाना चल्ला सप्लायर्स मन्थलीका संचालक टंक कुमार श्रेष्ठले रामेछापमा कुखुरा पालन व्यवसायलाई बुद्धि गर्नका लागी सहयोग पुगोस भन्ने उद्देश्यले तालिमको आयोजान गरिएको बताए । बिराज प्लाष्टिक सप्लायर्स मन्थलीका संचालक चन्द्र मानन्धरले बोईलर तथा लेस कुखुरा पालनलाई बुद्धि गरि रामेछापलाई मासु र अण्डामा आत्मनिर्भर जिल्ला बनाउन यस्ता तालिमले सहयोग पुग्ने बिश्वास लिए ।