रामेछाप । जेठ १५ गते,
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिपी राजमार्गमा गुड्ने सवारीको मापदण्ड तोक्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ । मालवाहक सवारी साधन १६.२ टनसम्मका र सार्वजनिक यातायात ४.२२५ मिटर लम्बाइ एवं ओभर ह्याङ अर्थात् पछाडिको चक्कापछिको भाग २.११३ मिटरसम्मका सवारी साधनलाई गुड्न दिने गरी व्यवस्था गर्न विभागलाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिए ।
यस्ता सवारी बेलुकी ९ बजेदेखि बिहान पाँच बजेसम्म चल्न पाउने उनले बताए । धुलिखेल–बर्दिबास मार्गमा यसअघि २०७३ असारदेखि सरकारले १८ सीटभन्दा बढीका सार्वजनिक यातायात र १० ग्रस यान्त्रिक क्षमताभन्दा बढीका मालवाहक सवारी प्रवेशमा रोक लगाइँदै आएको विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए ।
तोकिएको सो मापदण्ड विपरीत प्रहरीको आँखा छलेर र मिलाएर व्यवसायीले बढी क्षमताका सवारी चलाउँदै आएका थिए । मंगलबारदेखि मन्त्रालयले तोकेको मापदण्डका आधारमा मात्र सवारीलाई मार्ग इजाजत दिइने उनले बताए । मापदण्ड विपरीतका सवारी विनामार्ग इजाजत चलेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन र नियमावलीअनुसार कारवाही गरिने विभागले जनाएको छ ।
यता व्यवसायीहरुले भने सरकारको निर्णय आफुहरुका लायि उपयुक्त नरहेको बताएका छन । उनीहरुले सरकारको यो निर्णय अाँखामा छारो हाल्ने काम मात्रै भएको आरोप लगाएका छन् । तामाकोसी ढुवानी सेवा समिति रामेछापका अध्यक्ष नबिन कार्कीले मालबहाक र सार्वजनि सवारीलाई बेलुकी ९ बजेदेखि बिहान पाँच बजेसम्म चल्न दिने नयाँ मापदण्ड अव्यबहारिक रहेको बताए । उनले सधै जस्तै यसपटक पनि सरोकारवाला निकायले आफुहरुको अाँखामा छारो हाल्ने काम गरेको बताए ।
बिपी राजमार्गमा नयाँ मापदण्ड, यो मापदण्ड अव्यबहारिक भएको प्रतिक्रिया
- प्रकाशित मिति: मंगलबार, जेष्ठ १५ २०७५
- तामाकोसी खबर