रामेछाप । वैशाख ६ गते,
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा विहिबार एक दिने केन्द्राध्यक्ष गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय परिक्षा वोर्ड शाखा कार्यालय काठमाण्डौले आयोजना गरेको गोष्ठी जिल्ला परिक्षा समन्वय समिति रामेछापका अध्यक्ष एवं रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेको अध्यक्षतामा भएको हो । यहि वैशाख १४ गतेवाट संचालन हुन लागेको १२ कक्षाको परिक्षालाई लक्षित गरी आयोजना गरिएको गोष्ठिमा जिल्ला भरका परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा राष्ट्रिय परिक्षा वोर्ड शाखा कार्यालय काठमाण्डौका प्रमुख जंग बहादुर अर्यालले परिक्षा संचालन संग जोडिएर आउने विभिन्न प्रश्नहरु र समस्याका बारेमा समाधान कसरी गर्न सकिन्छ भन्ने बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले जिल्लाको शिक्षा मापडण्ड एउटै हुनुपर्ने बताए ।
उनले जिल्लाको ८ वटै स्थानीयतहमा परिक्षा मर्यादिन बनाउनका लागि समन्वय भैरहेको बताए । परिक्षालाई व्यवस्थीत बनाउनका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने उनको भनाई छ । जिल्ला परिक्षा समन्वय समितिका अध्यक्ष एवं रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामछिानेले जिल्लामा संचालन हुने सवै प्रकारका परिक्षा मर्यादित बनाउनका लागि सुरक्षा व्यवस्था कडा बनाइने बताए । 
उनले परिक्षा व्यवस्थित बनाउनका लागि परिक्षा समितिले सरोकारवाला निकायसंग आवश्यक समन्वय गरिरहेको बताए । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिनानाथ गौतमले रामेछापका सवै परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई परिक्षालाई मर्यादित बनाउनका लागि कुनै कसुर बाकि नराख्न निर्देशन दिए । परिक्षा केन्द्रमा आवश्यक कुनै कुराको कमी हुन नदिन उनको आग्रह छ । यहि वैशाख १४ गतेबाट संचालन हुन लागेको कक्षा १२ को परिक्षाको तयारी लगभग पुरा भैसकेको उनको भनाई छ ।
रामेछाप मन्थलीमा एक दिने परिक्षा केन्द्राध्यक्ष गोष्ठी
- प्रकाशित मिति: बिहिबार, बैशाख ६ २०७५
- तामाकोसी खबर