रामेछाप । चैत्र १५ गते,
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाको अग्लेश्वरीको सडकको स्तरउन्नतीको काम सम्पन्न भएलगत्तै राजधानी काठमाडौंबाट सिधा यातायात सञ्चालनमा आएको छ ।
गाल्वा–अग्लेश्वरी–दोरम्बा अन्तर्गतको सडकको स्तरउन्ती भएपछि विहिबारबाट राजधानी काठमाडौंबाट सिधा अरनिको यातायात सञ्चालनमा आएको हो । दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्कबहादुर श्रेष्ठले नियमित रुपमा बस सञ्चालन हुने गरी यातायात सेवाको उदघाटन गरेका छन् । बस उदघाटन कार्यक्रममा अरनिको यातायात समितिका पदाधिकारी, स्थानीयको सहभागीता रहेको थियो । काठमाण्डौबाट सिधै गाउँसम्म बस सेवा सुचारु भएपछि स्थानी बासी खुशी भएका छन् ।
रामेछापको दोरम्बा–काठमाडौं सिधा बस सेवा सञ्चालन
- प्रकाशित मिति: बिहिबार, चैत्र १५ २०७४
- तामाकोसी खबर