लौ हेर्नुहोस् ओखलढुंगामा यस्तो अनौठोे बच्चा जन्मियो

  • प्रकाशित मिति: आइतबार, फाल्गुन १३ २०७४
  • तामाकोसी खबर

ओखलढुंगा । फागुन १३ गते, रामहरि श्रेष्ठ,
ओखलढुंगाका एक महिलाले अनौठो किसिमको बच्चा जन्माएकी छिन् । जिल्लाको मानेभन्ज्याङ गाउँपालिका ४, केत्तुके निवासी विपना गुरुङले अनौठो छोरीलाई जन्म दिएकी हुन् । २९ बर्षिय विपना र लक्ष्मण गुरुङको पहिलो सन्तानको रुपमा जन्मिएको शिशुको दुईओटा टाउको जस्तै आकार देखिन्छ । नवजात शिशुको टाउकोको दायाँपटिको भाग निकै ठुलो छ । २ किलो ७ सय ग्राम जन्मिएको शिशुको एउटा आँखा, नाक र मुख समेत प्रष्ट देखिदैन । शिशुको हात,खुट्टा, तथा शरिरका अन्य अंगहरु भने सामान्य छ ।
अहिले आमाको स्वास्थ्य अवस्था सामान्य रहेको र शिशुलाई इन्कुवेटरमा राखेर पाईप मार्फत आमाको दुध ख्वाएर राखिएको छ । शिशुको अवस्थालाई हेर्दा चिकित्सकहरुले आमाको पेटभित्रै ट्यूमर भएको अनुमान गरेका छन् । शिशुलाई केही दिन बढ्न दिएर थप उपचारका लागी काठमाडौं पठाईने अस्पतालका एमडिजिपी चिकित्सक संजय पोख्रेलले बताए ।
डा.पोख्रेलका अनुसार उनको सिटिस्क्यान पछि ट्यूमर हो होइन भन्ने पत्ता लाग्नेछ । यदि ट्यूमर हो भने बाल विशेषज्ञ मार्फत शल्यक्रिया गर्न सकिने उनले बताए । चिकित्सकका अनुसार यसलाई जन्मजात शारिरिक अपाङगता भनिन्छ । यस्तो शिशु जन्मिनुमा बिशेषगरी ढिलो उमेरमा बच्चा जन्माउनु, गर्भावस्थामा जथाभावी औषधीको प्रयोग र गर्भावस्थामा भिटामिनको कमी हुनु रहेको चिकिस्तकहरुले बताएका छन् ।