रामेछाप । फागुन ९ गते,
रामेछाप जिल्लाको उत्तरी उमाकुण्ड गाउँपालिका बुधबार जिल्लाकै चौथो गाउँपालिकाको रुपमा खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रीतिको च्यादलुमा आयोजित एक कार्यक्रमकाबीच रामेछाप जिल्ला प्रदेश नम्बर ३ का सांसद शान्ति प्रसाद पौडेलले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरी गाउँपालिकालाई खुल्ला दिसामुक्त भएको घोषणा गरे ।
कार्यक्रममा बोल्दै सांसद पौडेलले गाउँपालिका खुल्ला दिसामुक्त हुनु सरसफाई र सभ्यताको क्षेत्रमा खुलो उपलब्धी भएको धारणा राखे । सरकारले लिएको सहश्रादी लक्ष्य पुरा गर्न गाउँपालिकाको ७ वटै वडाका प्र्र्रत्येक घरघरमा शौचालय बनाउन सहयोग गर्ने बताए । उनले जिल्ला खानेपानि तथा सरसफाई डिभिजन कार्यालय , सबल परियोजना रामेछाप , पाहाडी समाज कल्याण केन्द्र रामेछाप लाई धन्यवाद समेत दिए । उमाकुण्ड गाउँपालिका कृषि, पशुपालन , पर्यटन , जलविद्युत लगाएतका क्षेत्रमा यथोचित विकास हुनसके जिल्लाकै सबैभन्दा धनी गाउँपालिका बन्न सक्ने बताए ।
गाउँपलिका अध्यक्ष शेर बहादुर सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उर्मीला कार्की , प्रशासकीय प्रमुख इश्वरी प्रसाद सुवेदी , कांग्रेस नेता झपडराज भण्डारी , खानेपानि तथा सरसफाई डिभिजन कार्यालय रामेछापका प्रतिनिधि बखत बहादुर थापा , गैर सरकारी संस्था महासंघका कोषाध्यक्ष रत्न प्रसाद कडेँल , जिल्ला खानेपानी उपभोक्ता महासंघका अध्यक्ष लेख बहादुर कार्की , सवल परियोजना रामेछापका वरिष्ठ कार्यक्रम संयोजक दील बहादुर नेपाली लगाएचतले बोलेको हाम्रा सहकर्मी कैलाश खत्रीले जानकारी दिए ।
रामेछापको उमाकुण्ड गाउँपालिका खुल्ला दिसामुक्त घोषणा
- प्रकाशित मिति: बुधबार, फाल्गुन ९ २०७४
- तामाकोसी खबर