रामेछाप । भदौ ५ गते,
आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन । देवकार्य र पितृकार्यमा पवित्र मानी प्रयोग गरिने कुश घर–घरमा भित्र्याइदै छ । आजका दिन ‘पितृदेवो भव’ भन्ने मान्यता
अनुरुप बाबुलाई मन पर्ने मिठाई, भोजन खुवाई मुख हेर्ने र यथोचित सम्मान गर्ने परम्परा छ । बाबु नहुनेहरुले पितृको तृप्ति एवं कल्याणको कामना गरी काठमाडौको उत्तरपट्टि रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा गई सम्झनास्वरुप श्राद्ध, तर्पण आदि गर्ने चलन छ । देवघाट, स्वर्गद्वारी, रुरुक्षेत्र, विन्ध्यवासिनी लगायतका धार्मिक स्थलमा पनि बाबुप्रति श्राद्ध गर्नेको घुर्ईंचो लागेको छ । आजै नेपालका राष्ट्रिय विभूति मोतीराम भट्टको जन्मजयन्ती पनि मनाईंदैछ । विक्रम संवत १९२३ साल भदौ कुशे औंसीका दिन जन्मेर १९५३ साल भदौ कुसे औंसीका दिन मोतीरामको निधन भएको थियो । मोतीराम भट्टलाई माध्यमिक कालीन नेपाली साहित्य र श्रृँगारिक धाराका प्रवर्तक मानिन्छ ।
उनले कविता, गीत, गजल, नाटक, गद्य आदि लेखेर नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।
आज कुशे औंशी, देवकार्य र पितृकार्यमा पवित्र मानिने कुश घर–घरमा भित्र्याइदै
- प्रकाशित मिति: सोमबार, भाद्र ५ २०७४
- तामाकोसी खबर