रामेछापमा मिटर ब्याज पीडितलाई धम्की दिनेलाई कारबाही हुने

  • प्रकाशित मिति: मंगलबार, बैशाख २६ २०८०
  • तामाकोशी

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले अनुचित लेनदेन ( मिटर ब्याज पीडित) लाई धम्की दिने हैरानी पार्ने क्रियाकलापमा संलग्नलाई कारबाही हुने जनाएको छ। जिल्ला प्रशासनले मङ्गलवार एक सूचना मार्फत रामेछाप जिल्लामा विभिन्न बहानामा ऋणीलाई धम्की दिने हैरानी पार्ने क्रियाकलाप हुने गरेको पाइएकाले त्यस्तो क्रियाकलापमा संलग्नलाई कानुन अनुसार कारबाही हुने जनाएको हो । अनुचित लेनदेन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भइसकेको र हाल विभिन्न बहानामा पीडितहरू ( ऋणी) लाई धम्की दिने हैरानी पार्ने क्रियाकलाप हुने गरेको पाइएको भनी लेखी आएकोले अध्यादेशमा भएको कानुनी व्यवस्था विपरीत पीडितहरू (ऋणी) लाई धम्की दिने हैरानी पार्ने क्रियाकलाप नगर्न÷नगराउन र त्यस्तो भए गरेको पाइएमा कानुन बमोजिम कारबाही ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ जिल्ला प्रशासन रामेछापले जारी गरेको सूचनामा भनिएको छ ।