काठमाडौं– नेपालले एएफसी यू २३ च्याम्प्यिनसिप छनोट खेल विमल घर्ती मगरको कप्तानीमा खेल्ने भएको छ । दुई बर्षअघि नेपालले साफ यू १९ च्याम्पियनसिपको उपाधि जित्दाका कप्तान समेत रहेका विमलले यसपटक पनि टोलीको नेतृत्व गर्ने मौका पाएका छन् । प्रशिक्षक राजुकाजी शाक्यले २३ खेलाडीको अन्तिम छनोट गर्दै राष्ट्रिय टोलीमा समेत रहेको विमललाई कप्तानको जिम्मेवारी दिएका हुन् ।
अर्का राष्ट्रिय खेलाडी अनन्त तामाङ टोलीको उप कप्तान रहेका छन् । यहि टोलीले मंगलबार बंगलादेशसँगको मैत्रीपूर्ण खेल खेल्नेछ । संयुक्त अरब इमिरेट्स युएइ मा हुने च्याम्पियनसिप छनोटको समूह ‘डी’ मा रहेको नेपालले असार २९ गते त्यसतर्फ प्रस्थान गर्नेछ । नेपालले पहिलो खेल आयोजक युइएसँग ३१ गते खेल्नेछ । नेपालले साउन २ गते उज्वेकिस्तान र त्यसको दुई दिनपछि समूह चरणको अन्तिम खेलमा लेबनानको सामना गर्नेछ ।
आइतबार छनोट भएका यू २३ टोलीका खेलाडी
गोलकिपर – एलेन न्यौपाने, अशोक बराल, किशोर गिरी
रक्षक – अनन्त तामाङ, दीनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ, लक्ष्मण जिसी
मिडफिल्ड – हेमन गुरुङ, हेमन्त मगर, सुमन लामा, सुनिल बल, पुजन उपरकोटी, तेज तामाङ, डोना थापा, विवेक बस्नेत
फरवार्ड – विमल घर्ती मगर, अन्जन विष्ट, संजोग राई, विश्वास श्रेष्ठ
