रामेछापको गोकुलगंगा गाउँपलिकां ६ फर्पू एकैसाथ पूर्ण खोप र खुल्ला दिशामुक्त घोषणा

  • प्रकाशित मिति: मंगलबार, असार २० २०७४
  • तामाकोसी खबर

रामेछाप । असार २० गते,
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपलिका वडा नं ६ को फर्पू मंगलबार एकैसाथ पूर्ण खोपयुक्त तथा खुल्ला दिशामुक्त वडा घोषणा भएको छ । गोकुलगंगा गाउँपलिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले फर्पू स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा सो घोषणा गरे । वडा अध्यक्ष चन्द्र बहादुर सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा फर्पू गाउँका ५ सय ८८ घरपरिवारले नै शौचालय बनाएको जानकारी दिइएको थियो । शौचालय बनाउनको लागि फर्पूका १ सय ३३ घरपरिवारलाई सिर्जनशिल युवा समाज चिसापानीले निर्माण सामाग्री सहयोग गरेको संस्थाका प्राविधिक महेश कुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा स्वास्थ्य कार्यालयका कर्मचारी, महिला स्वास्थ्य स्वयमसेविका र सो कार्यमा सहयोग गर्र्ने  सहयोग गर्ने २४ जना सामाजिक संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख प्रकाश प्रसाद शाह, जिल्ला समन्य समितिका वरिष्ठ कार्यक्रम अधिकृत दिपक प्रसाद सुवेदी, गोकुलगंगा गाउँपालिकाका कार्यकारी अधिकृत प्रदिप खड्का, पत्रकार महासंघका उपाध्यक्ष कैलाश खत्री, गैसस महासंघ रामेछापका अध्यक्ष मिलन घिसिङ, जिल्ला खानेपानि उपभोक्ता समितिका अध्यक्ष लेख बहादुर कार्की, सिर्जनशिल युवा समाज रामेछाका अध्यक्ष भुवन कुमार श्रेष्ठ लगाएतले गोकुलगंगा गाउँलाई नमुना गाउँपालिकाको रुपमा विकास गर्न आग्रह गरे ।