रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगाको साविक वडा नम्बर ६ को बस्ती नै एमालेमा प्रवेश गरेको छ । एमाले रामेछाप नगर कमिटी सचिव सुन्दर घिमिरेको संयोजनमा एमाले केन्द्रीय सदस्य गीता कार्कीले हिमगंगाका ४० जना बढीलाई शनिबार अध्यक्ष केपी ओलीको निवासमै लगेर एमाले प्रवेश गराएकी हुन् । केन्द्रीय सदस्य कार्कीले रामेछाप जिल्ला कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मभूमी र रामेछाप नगर पुष्पलालको जन्म भएको नगर भएकाले पार्टीको विशेष नजर रामेछाप नगरमा हुनुपर्ने बताईन् ।
नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गरेका ४० जना बढीलाई टीका र खादा लगाएर एमालेमा स्वागत गरेका छन् । यसक्रममा अध्यक्ष ओलीले स्थानीय समस्या के के छन् भनेर प्रवेशीहरुसँग जिज्ञासा राखेका थिए । प्रवेशीहरुले सडक पूर्वाधार अभाव हुँदा एम्बुलेन्ससमेत जाँन नसक्ने अवस्था रहेको, युवा विद्यार्थीहरुका लागि हिमगंगामा खेल मैदान नभएको र हिमगंगामा ६० प्रतिशत बढी मगर समुदाय भएपनि उनीहरुले आफ्ना धर्म र संस्कार गर्ने सामुदायिक भवन नभएको गुनासो राखेका थिए । जवाफमा अध्यक्ष ओलीले रामेछाप जिल्ला पार्टीलाई तत्काल यस विषयमा प्रतिफल देखिने गरी काम गर्न आफूले निर्देशन दिने, बजेटको व्यवस्था मिलाउने भन्दै काम भए नभएको नियमित रिपोर्टिङ गर्न समेत सुझाएका छन् ।
रामेछाप नगरपालिका–४ हिमगंगाको एउटा बस्ती नै एमालेमा प्रवेश
- प्रकाशित मिति: शनिबार, जेष्ठ २१ २०७९
- तामाकोशी