ओखलढुंगा । असार १६ गते,रामहरि श्रेष्ठ,
ओखलढुंगाको पछिल्लो मतपरिणम आउने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार काग्रेसले ८,एमालेले ८ र माओवादी केन्द्रले ३ वडा जितेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । ओखलढुंगाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा ५ वडाको मतगणना सकिदा एमालेले चार र काग्रेसले एक वडा जितेको छ । एमालेले नगरपालिकाको १,२,१० र १२ नं वडा जितेको छ भने काग्रेसले ९ नं वडा जितेको छ ।
यता मनेभञ्ज्याङ गाउपालिकामा भने वडा नं १ वडा काग्रेसले जितेको छ । त्यस्तै लिखुको ९ नं वडामा एमाले,चिसंखुगढी गाउपालिकाको वडा नं ३ र ५ मा काग्रेस र १,२ र ४ नं वडामा माओवादी केन्द्रले जितेको छ । यस्तै सुनकोशी गाउपालिकाको वडा नं १ र २ मा एमाले र १० मा काग्रेसले जितेको छ ।
यता खिजिदेम्बा १ मा काग्रेस र ९ मा एमालेले जितेको छ भने चम्पादेबीको १ र १० नं वडामा काग्रेसले जितेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । नगरपालिकामा ५ ओटा वाडाको मतपरिणाम आउदा एमाले बाट मेयरका उम्मेद्वार मोहन कुमार श्रेष्ठको २१ सय ७ मत ल्याएर अग्रस्थानमा छन् । भने उपमेयरका उम्मेद्वार ईच्छा गुरुङले २ हजार ३२ मत ल्याउनु भएको छ । त्यस्तै नेपाली काग्रेसका डिल्ली खनालले १८ सय १७ मत ल्याएका छन् भने उपमेयका उम्मेद्वार हेमालक्ष्मी राईले १७ सय ७७ मत ल्याएका छन् । यता माओवादी केन्द्रका मेयरका उम्मेद्वार रुपेश शाक्यले ५ सय ५३ मत ल्याएका छन् भने उपमेयरका उम्मेद्वार चन्दाकुमारी शर्मा फुयाललको भने ६ सय ३० मत भएको छ । अहिले नगरपालिकाको वडा नं ३ र ६ को मतगणना भैरहको छ ।
ओखलढुंगाको पछिल्लो मत परीणाम , काग्रेस ८,एमाले ८ र माओवादी केन्द्र ३ वडामा बिजयी
- प्रकाशित मिति: शुक्रबार, असार १६ २०७४
- तामाकोसी खबर