बागमती प्रदेश सभाको बैठक बस्दै

  • प्रकाशित मिति: आइतबार, असोज २४ २०७८
  • तामाकोशी

हेटौडा । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सभाको नवौं अधिवेशन अन्तर्गत आईतवार अपराह्न ३ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो । यही अधिवेशनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुहुनेछ। एमाले विभाजन भएसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएकोछ । एमालेका विभाजनपछि १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्यले विश्वासको मत लिन लाग्नु भएको हो ।