नेकपा एसले असोज ९ गते रामेछापमा जिल्ला कमिटी घोषणा गर्ने

  • प्रकाशित मिति: आइतबार, भाद्र २७ २०७८
  • तामाकोशी

रामेछाप । नेकपा एकीकृत समाजवादी पार्टीले आगामी असोज ९ गते रामेछापमा जिल्ला कमिटी घोषणा गर्ने निर्णय गरेको छ । नेकपा एमालेसँग विभाजित भएर बनेको नेकपा (एस)ले आगामी असोज ९ गते रामेछापमा भेला मार्फत जिल्ला कमिटीको घोषणा गर्ने निर्णय गरेको हो । शनिबार बसेको नेकपा (एस) रामेछापका नेताहरुको सामुहिक भेलाले यस्तो निर्णय गरेको हो । भेलामा जिल्ला कमिटी घोषणा, जिल्ला अध्यक्ष, पदाधिकारी चयन र स्थानीय तहमा संगठन विस्तारको विषयमा छलफल भएको थियो । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य देवशकंर पौडेलले आगामी असोज ९ गते जिल्ला भेला मार्फत रामेछापमा पार्टीको जिल्लाका पदाधिकारी र जिल्ला कमिटीको घोषणा गर्ने निर्णय भएको बताउनुभयो । जिल्ला स्तरीय नेताहरुको भेलाको निर्णय अनुसार जिल्लाको ६४ वटै वडामा संगठन विस्तार गरिन्छ उहाँले भन्नुभयो ।